१७ श्रावण २०८३, आईतवार
,
Latest
धनुषामा निषेधाज्ञा हटाइयो फरार कैदी भरुवा बन्दुकसहित पक्राउ एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो ओपेक प्लसले पेट्रोलियम पदार्थको उत्पादनलाई सेप्टेम्बरमा प्रतिदिन एक लाख ८८ हजार ब्यारेल पुर्याउने दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव ‘फोटोग्राफी तथा फोटो-भिडियो’ पत्रकारिता तालिम समापन ‘पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्छ’ सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु गृहमन्त्री सुधन गुरुङ मधेश प्रदेशको भ्रमणपछि काठमाडौं फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेम आले भन्छन् – हैसियत र पिँध नभएको लोटाजस्तो पार्टीको कुनै काम छैन



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता तथा डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद प्रेम आलेले केन्द्रीय कमिटीको सदस्य बन्न आफूलाई कुनै ईच्छा नभएको बताउनुभएको छ ।

नेकपा एसको महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय सदस्य घोषणा गर्दा प्रेम आलेको नाम उल्लेख गरिएको छैन ।

घोषणापछि नेता आलेले न्यूजपोलारसँग भन्नुभयो – ‘हैसियत नभएको पार्टीका केन्द्रीय सदस्य होईन पदाधिकारी नै दिएपनि मलाई स्वीकार्य छैन ।’

‘जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि हुँ जनताका लागि स्वतन्त्र रुपमा काम गर्छु ।’ उहाँले अगाडि भन्नुभयो ‘पार्टी र नेतृत्व पिँध नभएको लोटा जस्तो भएको छ । असक्षम नेतृत्वले सञ्चालन गरेको पार्टीको हैसियत जनमोर्चा जत्तिको पनि छैन । त्यसैले महाधिवेशनमा मलाई रुचि नै भएन ।’

पार्टी नेतृत्वको कार्यशैली प्रति आलेले निरन्तर रुपमा बिमति राख्दै आउनु भएको छ । उहाँ घरायसी कामले मुलुकबाहिर रहेको जानकारी दिनुभयो ।