५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिनुहुने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को हप्ता शुक्रबार विश्वासको मत लिनुहुने भएको छ ।

प्रधानमन्त्री प्रचण्डले २८ गते शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने प्रयोजनका निम्ति संसद सचिवालयलाई पत्र पठाउनुभएको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेले सत्तामा सहकार्य गर्ने सहमतिपछि एमालेले सकारको समर्थन फिर्ता लिइसकेको छ । एमालेका आठ मन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाइसकेका छन् ।

कुनै पनि दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ । कांग्रेस र एमालेले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्दै आएका छन् ।

तर, प्रधानमन्त्रीले संसद्को सामना गर्ने भन्दै राजीनामा दिन अस्वीकार गर्नुभएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ चाहिन्छ । प्रधानमन्त्रीसँग अहिलेसम्म माओवादी (३२), रास्वपा (२१), एकीकृत समाजवादी (१०) र अशोक राई नेतृत्वको जसपा ९७० गरेर ७० सांसद छन् । प्रतिनिधिसभामा बहुमत जुटाउन १३८ सांसदको समर्थन चाहिन्छ ।