१७ श्रावण २०८३, आईतवार
,
Latest
धनुषामा निषेधाज्ञा हटाइयो फरार कैदी भरुवा बन्दुकसहित पक्राउ एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो ओपेक प्लसले पेट्रोलियम पदार्थको उत्पादनलाई सेप्टेम्बरमा प्रतिदिन एक लाख ८८ हजार ब्यारेल पुर्याउने दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव ‘फोटोग्राफी तथा फोटो-भिडियो’ पत्रकारिता तालिम समापन ‘पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्छ’ सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु गृहमन्त्री सुधन गुरुङ मधेश प्रदेशको भ्रमणपछि काठमाडौं फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले सोमबार वा मंगलबार विश्वासको मत लिने !



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार वा मंगलबार विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेले सत्तामा सहकार्य गर्ने सहमतिपछि एमालेले सकारको समर्थन फिर्ता लिइसकेको छ । एमालेका आठ मन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाइसकेका छन् ।

कुनै पनि दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ । कांग्रेस र एमालेले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्दै आएका छन् ।

तर, प्रधानमन्त्रीले संसद्को सामना गर्ने भन्दै राजीनामा दिन अस्वीकार गर्नुभएको छ । यसै सन्दर्भमा प्रधानमन्त्रीले असार २४ गते सोमबार वा त्यसको भोलिपल्ट मंगलबार विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि प्रधानमन्त्रीलाई सोमबारसम्मको अल्टिमेटम दिएको स्रोत बताउँछ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र श्रममन्त्री डिपी अर्यालसहितका नेताहरू राजीनामा दिन भनेर बिहीबार बालुवाटार पुगेका थिए । प्रधानमन्त्री दाहालले विश्वासको मत लिने समयसम्म साथ दिन आग्रह गरेपछि उनीहरु राजीनामा पत्र खल्तीमै राखेर फिर्ता भएका थिए ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ चाहिन्छ । दाहालसँग अहिलेसम्म माओवादी (३२), रास्वपा (२१), एकीकृत समाजवादी (१०) र अशोक राई नेतृत्वको जसपा (७) गरेर ७० सांसद छन् ।

जबकी उनको विकल्पमा नयाँ सरकार गठन गर्न सहमत भएका कांग्रेस (८८) र एमाले (७९) सँग १६७ अर्थात प्रष्ट बहुमत छ । प्रतिनिधिसभामा बहुमत जुटाउन १३८ सांसदको समर्थन चाहिन्छ ।