२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड



अ+ अ-

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का महाधिवेशन प्रतिनिधिहरुले जारी महाधिवेशनबाट नेतृत्व लगायतका सिंगो कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्नुपर्नेमा जोड दिएका छन् ।

काठमाडौंको कमलादिस्थित प्रज्ञा भवनमा गत असार १६ गतेदेखि दशौँ राष्ट्रिय महाधिवेशन जारी छ । अहिले नेतृत्व चयनका लागि शीर्ष नेताहरुका बीचमा विभिन्न चरणमा छलफल भइरहेको । निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरिसकेको छ भने निर्वाचन गराउनका लागि समितिले आफ्नो तर्फबाट तयारी गरिरहेको छ ।

नेकपा(एमाले)बाट विभाजन हुनुको औचित्य पुष्टि गर्न भन्दै पार्टीको अध्यक्षमा माधवकुमार नेपाललाई चयन गर्नुपर्ने र अध्यक्षका दाबेदार घनश्याम भुसाल लगायतका नेताहरुलाई पनि समेटेर अगाडी बढ्नुपर्ने मत प्रतिनिधिहरुले राखेका छन् । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महाधिवेशन प्रतिनिधि गोविन्दप्रसाद सुवेदीले नेतृत्व सर्वसम्मत चयन हुनुपर्नेमा प्रतिनिधिहरुले दबाब दिएका बताउनु भयो । उहाँले नेतृत्वमा विवाद गरे पार्टी निर्माणमा अपm्ठ्यारो पर्ने भन्दै सर्वसम्मत् गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै महाधिवेशन प्रतिनिधि ओसिम आलमले एकीकृत समाजवादी विद्रोहबाट जन्मिएको पार्टी भएको भन्दै विद्रोहको नेतृत्वकर्ता माधवकुमार नेपालकै नेतृत्वमा सर्वसहमती हुने बताउनु भयो । अन्य पदमा युवाको प्रतिनिधित्व हुनुपर्ने उहाँको भनाई छ ।

त्यस्तै महाधिवेशन प्रतिनिधि विश्वमणि सुवेदीले एमालेबाट गरेको विद्रोहको औचित्य पुष्टि गर्न र कम्युनिस्ट आन्दोलनलाई अझ समृद्ध बनाउन महाधिवेशनले विद्रोहको नेतृत्वलाई नै अनुमोदन गर्ने बताउनु भयो ।

त्यस्तै महाधिवेशन प्रतिनिधि मिना परियारले जसको नीति उसको नेतृत्व हुनुपर्ने बताउनु भयो । उहाँले नेतृत्वमा पुस्तान्तरणको कुरा आइरहेको भन्दै पुरानाको अनुभवलाई बाँड्दै युवा नेतृत्व निर्माण गर्नुपर्ने धेरैको आवाज रहेको बताउनु भयो ।

महाधिवेशन प्रतिनिधि अजबहादुर मल्लले पनि महाधिवेशनले सर्वसम्मत् रुपमा माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने बताउनु भयो । उहाँले निर्वाचन हुने बताउनु भयो ।

उहाँले महाधिवेशनले पार्टीलाई अझ एकतावद्ध बनाएर लैजाने बताउनु भयो ।