• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध ★   संसद्मा गीतबाट सवाल–जवाफ ★   प्रभासको ‘कल्की’ले शाहरुखको फिल्म ‘जवान’को रेकर्ड तोड्यो ★   कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता ★   चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक, रोमान्टिक भावमा वर्षा र अमरको दमदार नृत्य ★   वीरगञ्जबाट एक करोड ८९ लाख बराबरको सामान बरामद ★   के कालो कपडा लगाएको मानिसमा चट्याङ पर्ने बढी सम्भावना हुन्छ ? ★   सहकारीका समस्या समाधानका लागि नियमनकारी निकाय बनाउन गभर्नरको सुझाव ★   फिल्ड र नक्सामा गोरेटो पनि नभएको जग्गामा ‘बाटो भए सरह’ दोब्बर राजस्व उठाउँदै सरकार ★   काँग्रेस–एमालेलक्षित माओवादी सांसद घर्तीको टिप्पणी: दुई दलीय परिपार्टीको विकास गर्न खोज्नु पश्चागामी कदम हो

रास्वपा महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समितिको बैठकमा सहभागी हुनु भएको छ ।

केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्दै आएका ढकालले माग सुनुवाइ नभएको विरोध मुखमा कालो टेप लगाएर बैठकमा सहभागी हुनु भएको हो ।

ढकालले बैठकमा बोल्न पाउने लोकतान्त्रिक अधिकार हनन भएको जिकीर गर्नुभएको छ । ढकालले केहीदिन अघिदेखि नै बैठक प्रत्यक्ष प्रशारण गर्न माग गर्नुभएको थियो तर आजको बैठकमा प्रत्यक्ष प्रशारण नगरेपछि सांकेतिक रुपमा विरोध गरेका जनाईएको छ ।

महामन्त्री ढकालले ३९ जिल्ला घुमेर पार्टी संकटपूर्ण अवस्थामा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाउनु भएकाे थियाे । महामन्त्री ढकालले बुझाएको ३२ पृष्ठ लामो प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने निष्कर्ष प्रस्तुत गरिएको छ। त्यसपछि रास्वपाले केन्द्रीय कमिटी बैठक डाकेर प्रतिवेदनमाथि छलफल थालेको हो।