१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

काँग्रेस–एमालेलक्षित माओवादी सांसद घर्तीको टिप्पणी: दुई दलीय परिपार्टीको विकास गर्न खोज्नु पश्चागामी कदम हो

काँग्रेस–एमालेलक्षित माओवादी सांसद घर्तीको टिप्पणी: दुई दलीय परिपार्टीको विकास गर्न खोज्नु पश्चागामी कदम हो
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले काँग्रेस एमालेबीचको समझदारीबारे संसदले जानकारी पाउनुपर्ने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सो माग गर्नुभएको हो । सांसद घर्तीले दुई पार्टी बीचको सहमती दुई दलीय प्रणालीको लागि हो भने त्यो मान्य नहुने चेतावनी समेत दिनुभयो । सांसद घर्तीले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आरिस गरेको आरोप पनि लगाउनु भयो । उहाँले संघीयता कार्यान्वयनका लागि माओवादी केन्द्रले जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे मलाई पनि एउटा गीतको अन्तरा भन्न मन लाग्यो । कुन्ति मोक्तानको स्वरमा र शिलाबहादुर मोक्तानद्धारा संगीतवद्ध एउटा गीत भन्नुभएको छ–कति जल्छौं आरिसले, अझै जल्दै गर, म त हिँडछु आफ्नै बाटो खुट्टा तान्दै गर । सभामुख महोदय, संसदीय राजनीतिक प्रणालीमा सरकार बन्ने, सरकार ढल्ने । यो स्वभाविक प्रक्रिया हो । जोसँग बहुमत हुन्छ, जोसँग सहमती हुन्छ । राजनीतिक इस्युहरु मिल्छन्, एजेण्डाहरु मिल्छन् । त्यसमा सहकार्य हुन्छ । मिल्नेहरुको बीचमा गठबन्धन हुन्छ, नमिल्नेहरुको बीचमा कुर्सी, आसनहरु फेरिने गर्दछन् । यो स्वभाविक प्रक्रिया हो । मात्रै एउटा समाजशाष्त्रको विद्यार्थीको हैसियतले म के भन्न चाहन्छु भने संविधान सुधार भन्ने एउटा प्रश्न उठेको छ । संविधानमा सुधार होइन, राजनीतिक नेतृत्वको एटिच्युटमा सुधार गर्नुपर्छ भन्ने मलाई लाग्छ । दिग्गज नेताहरु हुनुहुन्छ यहाँ । कतिपय साथीहरुले बनावटी कुरा गरेपनि मनमा त्यस्तो लागेजस्तो लाग्दैन । नेताहरुले भनेपनि बोल्नै पर्‍यो । तर पनि प्रक्रियागत रुपमा जाँदाखेरी चाहीँ चित्त बुझिराखेको छैन । त्यसकारण हामीले राजनीतिक परिवर्तन जो गर्‍यौं, हाम्रो संस्कारमा रहेको, हाम्रो चिन्तन, प्रवृत्तिमा रहेको जुन प्रकारको सामन्ती संस्कार छ । त्यो संस्कारालाई हामीले संशोधन गरौं । त्यसो भयो भने देशले समृद्धिको खाका कोर्नसक्छ । अहिले राजनीतिक समिकरण परिवर्तन हुँदैजाँदा साथीहरुको राजनीतिक स्थिरता, राष्ट्रिय सहमती र संविधानको धाराहरुमा आवश्यक संशोधन भनेर कुरा गरिएको छ ।’

‘अब स्थिरताको कुरा गर्दाखेरी स्वभाविक रुपमा यो नारा ठिकै छ । राष्ट्रिय सहमतीका लागि माओवादी कहिल्यै विमति राख्दैन सत्तामा रहेपनि वा विपक्षमा रहेपनि । राष्ट्रिय सहमतीको आवश्यक कुरामा माओवादीले हात उठाउँछ । एउटा नीति कथा पढने अवसर पाएको थिए । गंगा नदीको किनारमा एक जना पण्डितले बिहानै उठेर स्नान गरेर ध्यान मग्न भएका रहेछन् । त्यसबेला एउटा गोही चाँही आहाराको खोजीमा आईरहेका बेला पण्डितलाई देख्यो । उनी अग्लो ठाउँमा थिए खाना त सकेनन । तर पण्डितलाई खुशी पार्नका लागि उनले मोतीका दानाहरु छर्कि दिएछन् । पण्डितको ध्यान खुल्यो । मोतीको दाना देखेपछि पण्डितले यो कहाँबाट आयो । अनि उनले कसैले देख्छ कि भनेर मोतीको दाना छाम्दै यताउता हेर्न थाले । तर गोहीले के भन्यो भने त्यसमा केही पनि नगर्नु । यहाँ कोही पनि छैन । तपाई र म मात्रै हो, त्यसकारण त्यसलाई खल्तीमा राख्नुस् । बरु अरु पनि चाहिन्छ भने म दिन्छु भन्यो । र, पण्डितले तपाई को भनेर सोध्यो । म त तीर्थ गएर स्थान गर्न चाहेको थिए, बाटो बिराएर यहाँ आएको छु । बरु तपाईले मलाई बाटो सिकाई दिनुहुन्छ भने सिकाई दिनुस् भन्दाखेरी बाटो यहाँबाट त्यहाँ जान्छ भनेर हुँदैन । त्यो टाढा छ भनेपछि त्यसमा पनि केही फरक पर्दैन ।’

‘म तपाईलाई बोक्छु । मेरो काँधमा चढेर हिँड्छु । तपाई बाटो सिकाउँदै गर्नुस् । त्यसो भनेपछि पण्डित चाहीँ अरु धेरै मोतीको दानाका लोभले गोहीको काँधमा चढे । र नदीमा जाँदै गर्दा ठूलो भुल्काहरु आए । त्यो भुल्काले गर्दा पण्डितजीलाई डराउनु भयो । त्यसपछि गोही हास्यो । मूर्ख बाहुन मैले त मेरै स्वार्थका लागि ल्याएको भनेर पण्डितको आहारा गर्‍यो । म के मात्रै कामना गर्छु भने अब एउटा पण्डितले नै स्वर्ग गएपनि नर्क गएपनि संगै जाउला भनेकोमा छोडेर गएकोमा उनी जिल्ल परिहाले । अर्को पण्डित फेरि गोहीसँग नदीमा किनाराबाट जाँदाखेरी भुल्कामा परेर ज्यान गुम्ला । म यति कामना गर्न चाहन्छु । अन्तिममा मुरलीधरले एउटा गीत गाउनु भएको छ–उडायो सबै सपना हुरीले भन्ने गीत चरितार्थ नबनोस् । काँग्रेस एमालेबीचको सहमती औपचारिक ढंगले आउन सकेको छैन । त्यो यहाँ पनि वाचन भएको छैन । त्यो सहमतीको नाममा यो संविधानले मल्टीपार्टीको व्यवस्था गरेको छ । अव यसलाई दुई पार्टीबीचको सिष्टमको बहस पनि चलेको छ । यतातिर लैजान खोजेको हो भने यो पश्चागामी कदम हो । सदनले त्यो कुरा जानकारी पाओस् । सरकार आउनेजाने केही कुरा छैन । ’

सांसद घर्तीले मुलुकलाई दुई दलीय व्यवस्थातर्फ लैजान खोजिएको हो भने त्यो पश्चागामी कदम भएको बताउनु भयो ।