१४ श्रावण २०८३, बिहीबार
,
Latest
‘सार्वजनिक ऋणका बारेमा संसद्ले निगरानी गर्नुपर्छ’ सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशकै विरोध गर्दा अचम्म लागिरहेको छः एमाले सांसद भट्टराई



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले अध्यादेशबाट जन्मिएका पार्टीहरुले नै अध्यादेशको विरोध गरिरहेको टिप्पणी गर्नुभएको छ ।

शुक्रवारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले नेकपा (एकीकृत समाजवादी)लक्षित यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले अध्यादेशबाट पार्टी फुटाएर नयाँ पार्टी बनाउनेहरुले अध्यादेशको विरोध गर्नु अचम्म भएको टिप्पणी गर्नुभयो । उहाँले अध्यादेश ल्याउने वर्तमान सरकार मात्र नभई विगतमा समेत ल्याउने चलन रहि आएको बताउनु भयो । संसद नचलेको समयमा अध्यादेश जारी गर्नु नियमित प्रक्रिया भएकाले यसमा आपत्ति जनाउनुपर्ने कुनै कारण नभएको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा अध्यादेश ल्याउने सरकार केपी ओली नेतृत्वको सरकारमात्रै होइन । आज विपक्षी बेन्चमा बसिरहनुभएका दलको नेता पुष्पकमल दाहाल प्रधानमन्त्री भएको बेलामा २०७९ पछि तीन पटक अध्यादेश ल्याउनु भयो । झन्डै १४ कानूनहरु संशोधन गर्नुभयो । ति मिटरब्याजको सम्बन्धमा पनि थिए । लगानी सम्मेलनको पूर्वसन्धयामा अध्यादेश आएको थियो । यो त नियमित प्रक्रिया हो नि त । त्यसैले अध्यादेशको प्रक्रियामा कसैले विमति जनाउनुपर्ने जस्तो लाग्दैन । कन्टेन्टमा केही विमति भए छलफल गरौंला । प्रतिस्थापन विधेयकमा संशोधन प्रश्ताव राख्नुस् त्यसमा हामी छलफल गर्न तयार छौं । २०७८ सालमा जम्मा १६ वटा अध्यादेश आएको रहेछ । त्यसबेला अध्यादेशबाट पार्टी फुटाइएको थियो । गजब कुरा त के छ भने जुन पार्टी अध्यादेशबाट बनाइएको थियो । त्यही पार्टी आज अध्यादेश गलत भन्दै छ । अध्यादेशबाट जन्मिएको छ । अध्यादेश ठिक छैन भनिरहेको पनि छ । यो के हुन लागेको हो अचम्म नै भइरहेको छ ।’

उहाँले अध्यादेशमा भएका कमजोरिहरुलाई सुधार गर्नुपर्ने भए आवश्यक छलफल गर्न सकिने तर अधयादेश जारी भएकै विषयमा विमति जनाउनुपर्ने कारण नरहेको बताउनु भयो ।