४ फाल्गुन २०८१, आईतवार
,
Latest
सरकारले तोकेको न्युनतम पारिश्रमिक र सेवा सुविधा दिनुपर्ने मागसहित निजामती अस्पतालका कर्मचारी आन्दोलित तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न सांसद ज्ञानबहादुर शाहीलाई राष्ट्रिय सभाको निर्देशन हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि प्रभु साहको प्रश्नमा प्रधानमन्त्री ओलीले दिएनन् जवाफ परराष्ट्रमन्त्री डा देउवा र युएइका मन्त्रीबीच भेटवार्ता, पोखरा‐दुबई उडानका लागि आग्रह छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउछु : गृहमन्त्री लेखक नदीहरूलाई पुनः जीवन्त बनाउने उद्देश्यले ५ ठाउँमा प्रशोधन केन्द्रहरुको निर्माण जारी छः प्रधानमन्त्री नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि आगलागी र डढेलोबाट हुने सम्भावित जोखिमको विषयमा सरकार संवेदनशील छः प्रधानमन्त्री सत्ता साझेदार दलबीच कुनै शंका उपशंका गर्न जरुरी छैनः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्ष दलहरुको मागपछि बाध्य भएर सरकारले संसद बोलायोः वेदुराम भुषाल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी)का सांसद डा वेदुराम भुषालले प्रतिपक्ष दलहरुको मागका कारण सरकारले संसद अधिवेशन आह्वान गरेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सरकार अधिवेशन बोलाउनबाट पछि हटिरहेको समयमा प्रतिपक्षले संसद अधिवेशन नबोलाए विशेष अधिवशेनको माग गर्ने चेतावनीपछि संसद अधिवशेन बोलाइएको बताउनु भयो । उहाँले आगामी अधिवेशन सयममा संसद बोलाउन आफूहरुको माग रहेको बताउनु भयो । संसद प्रतिपक्षको हो भन्नेकुराको पुष्टि पुनः भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दुःखका साथ भन्नुपर्छ । सरकार यो अधिवेशन बोलाउन चाहँदैन थियो । तथ्य प्रमाणले बोल्छ, यो अधिवेशन प्रतिपक्षहरुको पटक पटकको अधिवेशन समयमा बोलाइयोस् र यदी बोलाइँदैन भने हामी विशेष अधिवेशनको माग गर्न बाध्य हुनेछौँ भनिसकेपछि नै यो अधिवेशन बोलाइएको हो । यसमा सत्ता पक्षका मान्यज्युहले दुःख नमान्नु होला । यो त यथार्थ हो । त्यो वातावरण सिर्जना नहुनु पर्दथ्यो । नियमित अधिवेशन नियमित समयमा चलुन् भन्ने हो । यसले संसद प्रतिपक्षको हो भन्नेकुरा पुष्टि गरेको छ ।’

उहाँले सरकारले अधिवेशन आह्वन गर्नु भन्दा ४ दिनअघि मात्रै अध्यादेश ल्याएको भन्दै बिरोध जनाउनु भयो । उहाँले अध्यादेश जनताको पक्षमा नरहेको बताउनु भयो ।




भर्खरै