२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभासको ‘कल्की’ले शाहरुखको फिल्म ‘जवान’को रेकर्ड तोड्यो



अ+ अ-

एजेन्सी । नाग अश्विनको निर्देशनमा बनेको प्रभासको साइन्स फिक्शन फिल्म ‘कल्की २८९८ एडी’ ले हालसम्म भारतमा ५१० करोडको व्यापार गरिसकेको छ ।

यो फिल्मले शाहरुख खानको फिल्म ‘जवान’ को रेकर्ड तोडेको छ । तर ‘बाहुबली २’ र ‘केजीएफ च्याप्टर २’ को तुलनामा यो फिल्म अझै पछाडि छ ।

शाहरुखको फिल्म ‘जवान’ले ११ औं दिन बक्स अफिसमा ५०१.०५ करोडको कलेक्सन गरेको थियो । ‘बाहुबली २’ ले सात दिनमा कुल ५३९ करोड र ‘केजीएफ च्याप्टर २’ ले सात दिनमा ५२३.७५ करोडको कुल कलेक्सन गरेको थियो ।

कल्कीले पहिलो साता ४१४ करोड कमाएको थियो । साकनिल्कको रिपोर्ट अनुसार, शनिबारको कमाई शुक्रवार को १६.६ करोडको तुलना मा दोब्बर भन्दा बढी थियो । दशौं दिन फिल्मको कलेक्सन ३४.१५ करोड थियो ।

यस्तै, दोस्रो आइतबार अर्थात् ११ औं दिन फिल्मले ४४.३५ करोड कमाएको छ । जसमा हिन्दी संस्करणको मात्र सङ्कलन २२.५ करोड रुपैयाँ छ । अहिलेसम्म यो फिल्मले भारतमा ५१० करोडको व्यापार गरिसकेको छ ।

नाग अश्विन निर्देशित फिल्ममा प्रभासका अलावा अमिताभ बच्चन, दीपिका पादुकोण, दिशा पटानी र कमल हसनको पनि महत्वपूर्ण भूमिका छ । यस फिल्ममा विजय देवरकोन्डा, मृणाल ठाकुर, एसएस राजामौली, राम गोपाल वर्मा, दुल्कर सलमानले क्यामियो गरेका छन् ।