• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा



काठमाडौँ । नेदरल्यान्ड्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा रोमानियामाथि ३–० गोलको जित निकाल्दै नेदरल्यान्ड्स अन्तिम आठमा पुगेको हो ।

नेदरल्यान्ड्सको जितमा डोनियल मालेनले २ तथा कोडी गाक्पोले १ गोल गरे । गाक्पोले खेलको २० औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको अन्त्यतिर अर्थात् ८३ औं र ९०+३ औं मिनेटमा मालेनले गोल थप्दै सहज जित दिलाए । नेदरल्यान्ड्सले क्वाटरफाइनमा टर्कीको सामना गर्नेछ ।