• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह ★   जयपृथ्वी राजमार्ग अवरूद्ध ★   मनोज गजुरेलको घरमा ताला लगाउन दलबलसहित पुगेकी मीना ढकाल पक्राउ ★   दोर्दीको दारबाट ठेकीदेखि करुवासम्म ★   युरो कपको सेमिफाइनलमा कुन–कुन टिम भिड्दैछन् ? ★   उर्लिएको नारायणीमा एक पुरुषले साइकल पुलमै छाडेर हामफाले ★   विश्व च्याम्पियन भारत जिम्बाब्वेसँग हार्यो, डेब्यु गर्ने तीन खेलाडीले १० रन समेत बनाउन सकेनन् ★   बाढी, पहिरो र डुबानमा परेर देशभर १४ जनाको मृत्यु ★   त्रिविमा कार्यकर्ता भर्ती गर्ने दिन गए – शिक्षामन्त्री ★   प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः एमाले

सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु



एजेन्सी । भारतको उत्तर प्रदेशको हाथरस जिल्लाको सिकन्दराउ शहरको फुलराई गाउँमा मंगलबार एउटा ठूलो दुर्घटना भएको छ ।

यहाँ भोले बाबाको सत्संग चलिरहेको थियो । सत्संग सकिएपछि यहाँबाट भीड निस्कन थालेपछि भागदौड मच्चिएको बताइएको छ । यस भागदौडमा महिला र बालबालिका नराम्ररी कुचिएका थिए । घटनास्थलमा चिच्याहट भएको थियो ।

दुर्घटनामा धेरैको ज्यान जाने सम्भावना रहेको छ । घाइतेहरूलाई मेडिकल कलेज एटामा पठाइएको छ, अहिलेसम्म ५० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो संख्या अझै बढ्न सक्छ । मुख्यमन्त्री योगीले दुर्घटनाको जानकारी लिएका छन् ।

एटाका एसएसपी राजेश कुमार सिंहका अनुसार हाथरस जिल्लाको सिकन्दराउ सहरमा धार्मिक कार्यक्रम चलिरहेको बेला भागदौड भएको थियो ।

दुर्घटनालाई आफ्नै आँखाले देखेकी युवतीले सत्संगमा ठूलो भीड जम्मा भएको बताइन् । सत्संग सकिएपछि त्यहाँबाट मानिसहरू जान थाले । यसैबीच बाहिरिने हतारमा भागदौड मच्चियो ।

मानिसहरूले एकअर्कालाई हेरिरहेका थिएनन् । महिला र केटाकेटीहरू लडिरहेका थिए । भीड उनीहरूमाथि दौडिरहेको थियो । बचाउने कोही थिएन । चारैतिर कोलाहल थियो ।

भागदौडमा कैयौं घाइते भएका छन् । सबैलाई उपचारका लागि एटा मेडिकल कलेजमा लगिएको छ ।