• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी



एजेन्सी । बेरील आँधीका कारण भारतीय टोली बार्बाडोसमा फसेको छ । टी–२० विश्वकप २०२४ मा रोमाञ्चक जित हासिल गरेको भोलिपल्टै टिम इन्डिया फर्किने थियो तर आँधीका कारण टीम इन्डिया भारत प्रस्थान गर्न सकेन ।

रिपोर्टका अनुसार बीसीसीआईले चार्टर्ड उडानबाट टीम इण्डियालाई फिर्ता ल्याउनेछ ।

टोलीले स्थानीय समय अनुसार साँझ ६ बजे (जुलाई ३), ३ः३० बजे (भारतीय समय) ब्रिजटाउनबाट प्रस्थान गर्ने र बुधबार साँझ ७.४५ बजे (आईएसटी) दिल्ली पुग्ने अपेक्षा गरिएको छ, पीटीआईले स्रोतलाई उद्धृत गर्दै भन्यो ।

यहाँ पुगेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले खेलाडीहरुलाई सम्मान गर्ने भएपनि त्यो कार्यक्रमको पुष्टि भने भएको छैन ।

बार्बाडोसका प्रधानमन्त्री मिया मोटलीले पीटीआईलाई भने, ‘म वास्तवमा एयरपोर्टका कर्मचारीहरूसँग सम्पर्कमा छु र उनीहरूले आफ्नो अन्तिम जाँच गरिरहेका छन् र हामी जतिसक्दो चाँडो सामान्य उडानहरू सुचारु गर्न तत्पर छौं ।’

भारतीय टोली सोमबार भारत आउन न्युयोर्क उड्ने थियो तर खराब मौसमका कारण टोलीको तालिका अवरुद्ध भएको थियो ।

एट्लान्टिकमा आएको बेरिल आँधीका कारण २ सय १० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको प्रतिवेदनमा उल्लेख छ । यो श्रेणी ४ को आँधी बार्बाडोसबाट करिब ५७० किलोमिटर पूर्व–दक्षिणपूर्वमा रहेको र यसका कारण विमानस्थलको उडान अवरुद्ध भएको छ ।