५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी



अ+ अ-

एजेन्सी । बेरील आँधीका कारण भारतीय टोली बार्बाडोसमा फसेको छ । टी–२० विश्वकप २०२४ मा रोमाञ्चक जित हासिल गरेको भोलिपल्टै टिम इन्डिया फर्किने थियो तर आँधीका कारण टीम इन्डिया भारत प्रस्थान गर्न सकेन ।

रिपोर्टका अनुसार बीसीसीआईले चार्टर्ड उडानबाट टीम इण्डियालाई फिर्ता ल्याउनेछ ।

टोलीले स्थानीय समय अनुसार साँझ ६ बजे (जुलाई ३), ३ः३० बजे (भारतीय समय) ब्रिजटाउनबाट प्रस्थान गर्ने र बुधबार साँझ ७.४५ बजे (आईएसटी) दिल्ली पुग्ने अपेक्षा गरिएको छ, पीटीआईले स्रोतलाई उद्धृत गर्दै भन्यो ।

यहाँ पुगेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले खेलाडीहरुलाई सम्मान गर्ने भएपनि त्यो कार्यक्रमको पुष्टि भने भएको छैन ।

बार्बाडोसका प्रधानमन्त्री मिया मोटलीले पीटीआईलाई भने, ‘म वास्तवमा एयरपोर्टका कर्मचारीहरूसँग सम्पर्कमा छु र उनीहरूले आफ्नो अन्तिम जाँच गरिरहेका छन् र हामी जतिसक्दो चाँडो सामान्य उडानहरू सुचारु गर्न तत्पर छौं ।’

भारतीय टोली सोमबार भारत आउन न्युयोर्क उड्ने थियो तर खराब मौसमका कारण टोलीको तालिका अवरुद्ध भएको थियो ।

एट्लान्टिकमा आएको बेरिल आँधीका कारण २ सय १० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको प्रतिवेदनमा उल्लेख छ । यो श्रेणी ४ को आँधी बार्बाडोसबाट करिब ५७० किलोमिटर पूर्व–दक्षिणपूर्वमा रहेको र यसका कारण विमानस्थलको उडान अवरुद्ध भएको छ ।