• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

पोखरा महानगरपालिकामा अख्तियारको छापा



पोखरा । पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ ।

आयोगको टोली मंगलबार महानगर कार्यालय पुगेर छापा हानेको हो ।

मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

उक्त उजुरीमाथि छानबिन गर्न अख्तियारको टोलीले महानगर कार्यालय पुगेर कागजात नियन्त्रणमा लिएको छ ।