१३ भाद्र २०८३, शनिबार
,
Latest
विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बगायो



अ+ अ-

चितवन । नारायणी नदीमा आएको बाढीले नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बगाएको छ । पुलका दुबैतर्फका पिल्लरहरु भत्काउँदा पुलसमेत बगेको हो ।

नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेपछि नदी तटीय क्षेत्रका वासिन्दाहरुलाई विभिन्न सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

यसैगरी भरतपुर महानगरपालिका वडा नं. १६ गुम्बाचोबाट २६ महिला र ३३ पुरुष गरी ५९ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
यस्तै, भरतपुर महानगरपालिका ३ मा रहेको ‘हाम्रो घर’ नामक संस्थामा आश्रित २४ जना बालबालिका र दुई जना कामदार गरी २६ जनालाई एग्रोभेटको भवनमा सारिएको छ ।

यस्तै भरतपुर १७ गोब्रेनीमा नारायणी नदीले घर डुबाउने अवस्था आएपछि १७ घर धुरीका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरुलाई आफन्तहरुको घरमा र कसैलाई आश्रय मागेर सारिएको हो ।

भरतपुर महानगरपालिका ३ बालकुमारी नर्सिङ कलेजले भोगचलन गर्दै आएको भवनमा बस्ने ३ पुरुष र १ महिलालाई नजिकै रहेका आफन्तहरुको जिम्मा लगाइएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १ देवघाटस्थित नारायणी नदीको किनारमा रहेको कुटी र त्यहाँ रहेका १० घरका २८ जनालाई मारवाडी सेवा समाजको घरमा सारिएको छ ।