१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमाले संसदीय दलको बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । संसद् भवन नयाँबानेश्वरमा १० बजे बैठक बस्ने छ ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा कांग्रेससँगको सत्ता समीकरणको सहमतिबारे सांसदहरुलाई औपचारिक रुपमा जानकारी गराइने बताइएको छ ।

गत सोमबार राति कांग्रेससँग सत्ता समीकरणको सहमतिसँगै एमाले पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिसकेको छ । यस्तै, सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

कांग्रेस र एमालेबीच सरकारको नेतृत्व आलोपालो गर्ने, संविधान संशोधन लगायतका विभिन्न बुँदामा सहमति भएको छ ।