२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव !



अ+ अ-

काठमाडौँ । नयाँ सत्ता समीकरणका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले छलफल तीव्र पारेका छन् ।

अहिले प्रमुख प्रतिपक्ष रहेको कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेसँगै नयाँ सत्ता समीकरण बनेको हो । त्यसमा एमालेको सकारात्मक प्रतिक्रिया रहेको स्रोत बताउँछ ।

असार १५ मा कांग्रेस सभापति शेरबहादुर देउवा बालकोटस्थित एमाले अध्यक्ष ओली निवासमा पुगेसँगै दुई दलबीच सत्ता सहकार्यका लागि छलफल अघि बढेको हो ।

स्रोतहरूका अनुसार कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो चरणमा प्रधानमन्त्री स्वीकार्न तयार भएको छ ।

संसदको कार्यकाल साढे तीन वर्ष बाँकी छ । उक्त अवधिमा एमाले र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने गरी समझदारी बन्न लागेको हो । आधा कार्यकाल ओली र त्यसपछिको आधा देउवा प्रधानमन्त्री बन्ने प्रस्ताव गरिएको छ ।

दुई ठूला दल नमिलेसम्म सधैँ तेस्रो र चौथो पार्टीले सरकारको नेतृत्व गर्दा अस्थिरता निम्त्याउने भएकाले देउवा र ओली सहकार्यमा सकरात्मक रहेको स्रोत बताउँछ ।