• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट, राजनीतिमा फेरि खिचडी पाक्न लागेको हो ?



फाईल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाललाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । दुई नेताबीच के विषयमा छलफल भयो भन्ने चाहिँ स्पष्ट भएको छैन ।

यसअघि हिजो मात्रै प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली र रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री र रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

त्यसअघि अस्ति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए ।

नेताहरुको राजनीतिक भेटघाट र दौडादौडलाई सत्ता उथलपुथलको कसरतका रुपमा समेत हेरिएको छ ।