![](https://newspolar.com/wp-content/uploads/2024/06/FB_IMG_1719765353746.jpg)
काठमाडौं । भारतीय क्रीकेट कन्ट्रोल बोर्ड बीसीसीआईले टी–२० विश्वकप विजेता भारतीय क्रिकेट टोलीलाई १२५ करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
बीसीसीआई सचिव जय शाहले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै यो जानकारी दिएका हुन् ।
बार्बाडोसमा शनिबार भएको टी–२० विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
भारतीय टोलीले १७ वर्षपछि यो उपाधि जितेको हो । टी–२० विश्वकप विजेता भारतीय टोलीले आईसीसीबाट करिब २० करोड भारतीय रुपैयाँ पुरस्कार पाएको छ ।