५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् !



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले सडक बिभागले काठमाडौंका मूल सडकका विजुलीका पोलमा ‘सवि’लेखेको प्रति कटाक्ष गर्नुभएको छ ।

सामाजिक संञ्जालमा मेयर साहले लेख्नु भएको छ- जीवन यस्तो होस , तिमीलाई सम्झिने मात्र काम होस , माया यस्तो होस , भित्ता भित्तामा तिम्रो नाम होस !

केही दिनयता काठमाडौंका मूल सडकका विजुलीका पोलमा ‘सवि’ लेखेको देख्न सकिन्छ । संघीय सरकारले स्थानीय निकायसँग आफ्नो अधिकारको पोल हो यो भन्दै ‘सवि’ लेख्दै हिँडेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले बिजुलीका पोलमा ‘सवि’ लेख्ने काम गरेको हो । सडक डिभिजन कार्यालय काठमाडौंले आफ्नो क्षेत्राधिकारभित्रका सडक छेउका पोलमा ‘सडक विभाग’ को संक्षिप्त रुप ‘सवि’ लेखिरहेको छ । जनतालाई सडक विभाग मातहतका सडकहरु कुन–कुन हुन् भन्ने थाहा दिन पोलमा ‘सवि’ लेखिएको दाबी विभागको छ ।

काठमाडौं महानगरपालिकाले सडक विभाग अन्तर्गतको सडक बिग्रँदा र समयमै मर्मत नहुँदा आफूमाथि अपजस आएको दाबी गर्दै आएको छ । सडक विभाग माहतहतका कतिपय सडकहरु चुस्त राखेको जस भने काठमाडौं महानगरपालिका र मेयर बालेन्द्र शाहले पाउने गरेको डिभिजन सडक कार्यालयको बुझाइ छ ।

यो पनि पढ्नुहोस- विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ?

नेपाल संविधानले स्थानीय क्षेत्रको सडकमाथि केन्द्रीयता परिकल्पनासमेत गरेको छैन । संविधानको अनुसूची–८ मा स्थानीय तहको एकल अधिकारको कार्यसूची छ । जसमा स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक स्थानीयको अधिकार क्षेत्रमा पर्ने स्पष्ट व्यवस्था गरिएको छ ।

अनसूची–६ मा रहेको प्रदेशको एकल अधिकार सूचीमा ‘प्रदेश लोकमार्ग’ उल्लेख छ । संविधानको अनुसूची–५ मा संविधानमा राष्ट्रिय यातायात नीति सहित रेल तथा राष्ट्रिय लोकमार्गको व्यवस्थापन संघीय सरकारको कार्यक्षेत्रभित्र पर्ने व्यवस्था छ ।

यसरी संघीय सरकारले राष्ट्रिय लोकमार्ग (राजमार्ग)को व्यवस्थापन बाहेक सबै सडक स्थानीय तहलाई छाड्नुपर्ने हो । संविधानले कसले कुन खालका सडक हेर्ने भनेर स्पष्ट रूपमै छुट्याएको छ र साझा अधिकारको सूचीमा सडकमार्गबारे कुनै पनि विषय उल्लेख छैन ।

संघीय सरकारले स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने सडक पनि आफैंसँग राख्दा शहरी सडकमा पटक–पटक विभिन्न विवाद सिर्जना भइरहेका छन् ।

सडक विभागले अहिले सडकमा विजुलीका बोलमा ‘सवि’ लेखेर आफ्नो सडक भएको दाबी त गरेका छ तर जनतालाई जुनसुकै निकाय मातहतको सडक भए पनि कुनै फरक पर्ने छैन । केबल सडक राम्रो भए जनतालाई पुग्छ । अधिकारको होडबाजी र जस लिने प्रयासले मात्रै नागरिकले सेवा पाउँदैनन् भन्ने कहिले बुझ्ने ?