![](https://newspolar.com/wp-content/uploads/2024/06/jadeja.jpg)
काठमाडौँ । भारतले टी–२० विश्वकप–२०२४ को उपाधि जित्नेबित्तिकै अनुभवी ब्याट्सम्यान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका थिए । यसपछि पत्रकार सम्मेलनमा रोहित शर्माले पनि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा भनेका छन् ।
अब यो सूचीमा रविन्द्र जडेजाको नाम पनि थपिएको छ । जडेजाले आइतबार इन्स्टाग्राममा पोस्ट गर्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् ।
जडेजा लामो समय भारतीय टिमबाट खेले । उनको करियरमा विश्वकपको अभाव पनि थियो र जडेजाले यो खाडल पूरा गरे । यद्यपी जडेजाले एकदिवसीय र टेस्ट खेल्न जारी राख्नेछन् र उनको उत्कृष्ट प्रदर्शन आईपीएलमा पनि देखिनेछ ।