२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारलाई समााप्त गर्ने कुरामा प्रतिष्पर्धा गरौँः सम्मानित नेता खनाल



तस्बिर: हरिराम भेटुवाल/रासस
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचारलाई समााप्त गर्ने कुरामा सबैले प्रतिष्पर्धा गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आईतवार पार्टीको राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशबाट शोषणलाई कसरी समाप्त गर्न सकिन्छ, देशको राष्ट्रिय स्वतन्त्रतालाई रक्षा कसरी गर्ने भन्नेकुरामा प्रतिष्पर्धा गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले देशको सामाजिक आर्थिक रुपान्तरण कसरी हुन्छ ? कृषिलाई कसरी अग्रगतितर्फ लैजाने भन्नेबारेमा पनि सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले देशको शिक्षा र स्वास्थ्यमा धेरै विकृतिहरु रहेको बताउनु भयो । उहाँले गम्भीर राष्ट्रिय सवालमा एकतावद्ध भएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी यो देशमा कसरी भ्रष्टाचारलाई समााप्त गर्न सकिन्छ भन्नेकुरामा प्रतिष्पर्धा गरौँ । यो देशबाट शोषणलाई कसरी समाप्त गर्न सकिन्छ, यो देशको राष्ट्रिय स्वतन्त्रतालाई रक्षा गर्ने काममा हामी कसरी प्रतिष्पर्धा गरे अघि बढ्न सक्छौँ । यो देशको सामाजिक आर्थिक रुपान्तरण कसरी हुन्छ ? कृषिलाई कसरी अग्रगतितर्फ लैजान्छौँ । यो देशलाई राष्ट्रिय औद्योगिकरण कसरी गर्छौं, यो देशको शिक्षा र स्वास्थ्यमा हेर्नुुस् यति धेरै विकृतिहरु फैलिएका छन् । यो विकृतिको उरुङलाई कसरी बढार्ने । आज ठूलो समस्या छ । यि कुराहरुको लागि तपाईं हामी प्रतिष्पर्धा गरौँ । प्रतिष्पर्धाको साथसाथै मेल पनि गरौँ । एकतावद्ध भएर गम्भीर गम्भीर राष्ट्रिय सवालमा एकतावद्ध भएर किन अगाडि बढ्न सक्दैनौँ । निश्चय पनि अघि बढ्न सक्छौँ ।’

सम्मानित नेता खनालले सुखी नेपाली समृद्ध नेपालतिर देशलाई सबै मिलेर अघि लैजानुपर्ने बताउनु भयो । पार्टीको नयाँ नेतृत्व सकेसम्म एकै आवजका साथ सहमतिबाट गर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल