४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

छाडा चौपायाले बाली नष्ट गर्न थालेपछि….

छाडा चौपायाले बाली नष्ट गर्न थालेपछि….
file
अ+ अ-

भजनी । गत साउन १४ गतेको बाढीका कारण लगाएको धानबाली नष्ट भएका कैलालीको भजनीका किसान सामुदायिक छाडा पशु चौपायाले हिउँदेबाली पनि नष्ट गर्न थालेपछि चिन्तामा देखिएका छन् । 

खेतमा लगाएको हिउँदेबाली सामुदायिक छाडा पशु चौपायाले नष्ट गर्न थालेपछि किसान आजित बनेका हुन् । ऋण कर्जा गरेर लगाएका अन्नबाली पशुले खाइदिएपछि आफूहरुको लगानी व्यर्थ गएको किसान रुपेश साउद बताउनुहुन्छ । “वर्षात्मा बाढीले धानबाली नष्ट गर्यो । अहिले छाडा पशु चौपायाले”, रुपेशले भन्नुभयो, “कसरी परिवार पाल्ने ? घर खर्च कहाँबाट जोहो गर्ने ?” उहाँले भजनीमा रहेका छाडा चौपायालाई नगरपालिकाले व्यवस्थापन गर्न नक्दा आफूहरुले धेरै सास्ती खेप्नुपरेको बताउँदै नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि लाखौँ रकम वर्षेनी खर्च गर्ने भएपनि किसानलाई भने त्यसको प्रभाव नपरेको बताउनुभएको छ ।
     
भजनी नगरपालिका किसान प्रभुनाथ पाण्डेले चौपायाले लगाएको अन्नबाली पाक्दासम्म पूरै नष्ट गर्ने गरेको बताउनुभएको छ । “हाम्रो समस्यालाई नगरपालिकाले ध्यान दिएको छैन । हामीहरुले बालीनाली उत्पादन गर्न पैसा खर्च गरी खाद मलको व्यवस्थापन गरेका हुन्छौँ”, पाण्डेले भन्नुभयो, “तर चौपायाले सबै लगाएको अन्न तथा तरकारी बाली नष्ट गरिरहेको छन् । हाम्रो समस्याको समाधान जसरी पनि तत्काल नगरपालिकाले गर्नुपर्छ ।” किसान नीरमाया डगौराले आफूहरुले लगाएको बालिनालीको फाइदा त के लगानी पनि नउठ्ने गरी चौपायाले नष्ट गरेको बताउनुभएको छ । 

“हामीे वर्षभरी श्रम खर्च गरी खेतबारीमा मेहेनत गरी उत्पादन गर्छौं । तर चौपायाले गर्दा हामीले गरेको श्रम खेर जाने गरेको छ”, निरमायाले भन्नुभयो, “नगरपालिका छिटोभन्दा छिटो हामी किसानको समस्यालाई समाधान गर्नुपर्छ ।”
    
गीतादेवी चौधरीले बालिनालीको सुरक्षाका लागि रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको  बताउनुभयो । “राति चिसोको समयमा पनि खेतमा लगाएका बालिनालीको सुरक्षाका लागि पनि खेतमै जान्छौँ, त्यहीँ बस्छौँ”, चौधरीले भन्नुभयो, “रातिको समयमा डरैडरमा खेतमा बस्नुपर्ने हुन्छ । अब सामुदायिक छाडा पशु चौपाया व्यवस्थापनका लागि नगरपालिकाले तत्काल काम गर्नुपर्छ ।” उता भजनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिराम चौधरीले नगरपालिकाले सामुदायिक पशु चौपाया व्यवस्थापनका लागि नगरपालिकाको वडा नं २ को रजवारा, वडा नं ७ को चर्रा, वडा नं ९ को पछमुडिया र वडा नं १ को भजनीमा गौशाला निर्माण गरिएको बताउनुभयो । 

उहाँले किसानकै कारण सामुदायिक छाडा पशु चौपाया बढ्दै गएको बताउनुभएको छ । कृषिमा भएको आधुनिकीकरणले किसान आफैले पालेका चौपाया छाडा छाड्ने गरेका छन् ।” निमित्त प्रमुख प्रशासकीय अधिकृत चौधरीले भन्नुभयो, “नगरपालिकाको अहिलेसम्म सामुदायिक छाडा पशुचौपाया व्यवस्थापनमै ५० लाखभन्दा बढी खर्च भइसकेको छ । यो समस्या नगरपालिका एक्लैले समाधान गर्न सम्भव देखिएको छैन ।”
   
कैलालीको जानकी गाउँपालिकामा भने पहिलेको भन्दा सामुदायिक छाडा पशुचौपाया नियन्त्रणमा आएको गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी बताउनुहुन्छ । अध्यक्ष चौधरीले चालू आर्थिक वर्षमा १० देखि १५ लाख रुपैयाँ आउँदो कार्यपालिकाको बैठकबाट विनियोजन गर्ने निर्णय गरिने बताउनुभयो । “अहिले गौशाला भएको क्षेत्र दुई वटा नदीका बीच टापुमा छ । नदी तरेर चौपायालाई आउन गाह्रो हुँदा पनि किसानको खेती जोगिएको छ”, अध्यक्ष चौधरीले भन्नुभयो, “त्यहाँ संरचना निर्माण गर्दा धेरै खर्च हुने देखिएको छ । वर्षात्को समयमा आवतजावतमै कठिन हुन्छ । तर पनि व्यवस्थित गौशाला निर्माणका लागि हामी छलफलमै छौँ ।”
  
गौशालाको दीर्घकालीन व्यवस्थापन गर्नसके त्यसले किसानलाई धेरै राहत पुग्ने सामुदायिक पशु चौपाया व्यवस्थापन समिति जानकी गाउँपालिकाका सचिव अविलाल सलामीमगरले बताउनुहुन्छ । उहाँले सामुदायिक वनभित्र अहिले पनि दुई हजारभन्दा बढी सामुदायिक छाडा पशु चौपाया रहेको बताउँदै गौशालामा करीब ३०० चौपाया व्यवस्थापन गरिएको बताउनुभयो । “स्थानीय गाउँमा देखिने छाडा चौपाया गौशालामा लिएर आउँछन् । त्यसलाई हामीले यहाँ व्यवस्थापन गर्ने गरेका छौँ”, सचिव सलामीमगरले भन्नुभयो, “गाउँपालिकाले चौपाया व्यवस्थापनका लागि राम्रो सहयोग गरेको छ जसका कारण अहिले किसानले चौपायाको सास्तीबाट केही छुटकारा पाएका छन् ।”