२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह

छाडा चौपायाले बाली नष्ट गर्न थालेपछि….

छाडा चौपायाले बाली नष्ट गर्न थालेपछि….
file
अ अ+ अ-

भजनी । गत साउन १४ गतेको बाढीका कारण लगाएको धानबाली नष्ट भएका कैलालीको भजनीका किसान सामुदायिक छाडा पशु चौपायाले हिउँदेबाली पनि नष्ट गर्न थालेपछि चिन्तामा देखिएका छन् । 

खेतमा लगाएको हिउँदेबाली सामुदायिक छाडा पशु चौपायाले नष्ट गर्न थालेपछि किसान आजित बनेका हुन् । ऋण कर्जा गरेर लगाएका अन्नबाली पशुले खाइदिएपछि आफूहरुको लगानी व्यर्थ गएको किसान रुपेश साउद बताउनुहुन्छ । “वर्षात्मा बाढीले धानबाली नष्ट गर्यो । अहिले छाडा पशु चौपायाले”, रुपेशले भन्नुभयो, “कसरी परिवार पाल्ने ? घर खर्च कहाँबाट जोहो गर्ने ?” उहाँले भजनीमा रहेका छाडा चौपायालाई नगरपालिकाले व्यवस्थापन गर्न नक्दा आफूहरुले धेरै सास्ती खेप्नुपरेको बताउँदै नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि लाखौँ रकम वर्षेनी खर्च गर्ने भएपनि किसानलाई भने त्यसको प्रभाव नपरेको बताउनुभएको छ ।
     
भजनी नगरपालिका किसान प्रभुनाथ पाण्डेले चौपायाले लगाएको अन्नबाली पाक्दासम्म पूरै नष्ट गर्ने गरेको बताउनुभएको छ । “हाम्रो समस्यालाई नगरपालिकाले ध्यान दिएको छैन । हामीहरुले बालीनाली उत्पादन गर्न पैसा खर्च गरी खाद मलको व्यवस्थापन गरेका हुन्छौँ”, पाण्डेले भन्नुभयो, “तर चौपायाले सबै लगाएको अन्न तथा तरकारी बाली नष्ट गरिरहेको छन् । हाम्रो समस्याको समाधान जसरी पनि तत्काल नगरपालिकाले गर्नुपर्छ ।” किसान नीरमाया डगौराले आफूहरुले लगाएको बालिनालीको फाइदा त के लगानी पनि नउठ्ने गरी चौपायाले नष्ट गरेको बताउनुभएको छ । 

“हामीे वर्षभरी श्रम खर्च गरी खेतबारीमा मेहेनत गरी उत्पादन गर्छौं । तर चौपायाले गर्दा हामीले गरेको श्रम खेर जाने गरेको छ”, निरमायाले भन्नुभयो, “नगरपालिका छिटोभन्दा छिटो हामी किसानको समस्यालाई समाधान गर्नुपर्छ ।”
    
गीतादेवी चौधरीले बालिनालीको सुरक्षाका लागि रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको  बताउनुभयो । “राति चिसोको समयमा पनि खेतमा लगाएका बालिनालीको सुरक्षाका लागि पनि खेतमै जान्छौँ, त्यहीँ बस्छौँ”, चौधरीले भन्नुभयो, “रातिको समयमा डरैडरमा खेतमा बस्नुपर्ने हुन्छ । अब सामुदायिक छाडा पशु चौपाया व्यवस्थापनका लागि नगरपालिकाले तत्काल काम गर्नुपर्छ ।” उता भजनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिराम चौधरीले नगरपालिकाले सामुदायिक पशु चौपाया व्यवस्थापनका लागि नगरपालिकाको वडा नं २ को रजवारा, वडा नं ७ को चर्रा, वडा नं ९ को पछमुडिया र वडा नं १ को भजनीमा गौशाला निर्माण गरिएको बताउनुभयो । 

उहाँले किसानकै कारण सामुदायिक छाडा पशु चौपाया बढ्दै गएको बताउनुभएको छ । कृषिमा भएको आधुनिकीकरणले किसान आफैले पालेका चौपाया छाडा छाड्ने गरेका छन् ।” निमित्त प्रमुख प्रशासकीय अधिकृत चौधरीले भन्नुभयो, “नगरपालिकाको अहिलेसम्म सामुदायिक छाडा पशुचौपाया व्यवस्थापनमै ५० लाखभन्दा बढी खर्च भइसकेको छ । यो समस्या नगरपालिका एक्लैले समाधान गर्न सम्भव देखिएको छैन ।”
   
कैलालीको जानकी गाउँपालिकामा भने पहिलेको भन्दा सामुदायिक छाडा पशुचौपाया नियन्त्रणमा आएको गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी बताउनुहुन्छ । अध्यक्ष चौधरीले चालू आर्थिक वर्षमा १० देखि १५ लाख रुपैयाँ आउँदो कार्यपालिकाको बैठकबाट विनियोजन गर्ने निर्णय गरिने बताउनुभयो । “अहिले गौशाला भएको क्षेत्र दुई वटा नदीका बीच टापुमा छ । नदी तरेर चौपायालाई आउन गाह्रो हुँदा पनि किसानको खेती जोगिएको छ”, अध्यक्ष चौधरीले भन्नुभयो, “त्यहाँ संरचना निर्माण गर्दा धेरै खर्च हुने देखिएको छ । वर्षात्को समयमा आवतजावतमै कठिन हुन्छ । तर पनि व्यवस्थित गौशाला निर्माणका लागि हामी छलफलमै छौँ ।”
  
गौशालाको दीर्घकालीन व्यवस्थापन गर्नसके त्यसले किसानलाई धेरै राहत पुग्ने सामुदायिक पशु चौपाया व्यवस्थापन समिति जानकी गाउँपालिकाका सचिव अविलाल सलामीमगरले बताउनुहुन्छ । उहाँले सामुदायिक वनभित्र अहिले पनि दुई हजारभन्दा बढी सामुदायिक छाडा पशु चौपाया रहेको बताउँदै गौशालामा करीब ३०० चौपाया व्यवस्थापन गरिएको बताउनुभयो । “स्थानीय गाउँमा देखिने छाडा चौपाया गौशालामा लिएर आउँछन् । त्यसलाई हामीले यहाँ व्यवस्थापन गर्ने गरेका छौँ”, सचिव सलामीमगरले भन्नुभयो, “गाउँपालिकाले चौपाया व्यवस्थापनका लागि राम्रो सहयोग गरेको छ जसका कारण अहिले किसानले चौपायाको सास्तीबाट केही छुटकारा पाएका छन् ।”