काठमाडौं । प्रमुख प्रतिपक्ष पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे अदालतबाट आएको निर्णयलाई आफूहरुले स्विकार्ने बताएका छन् । त्यस्तै आफुहरुले अदालतमा विचाराधीन भएको यो विषयलाई धम्क्याएर, तर्साएर यो निर्णय गर् पनि नभन्ने बताएका छन् । संसद विघटनको विरोधमा भक्तपुर क्षेत्र नम्बर २ मा विरोध प्रदर्शन आयोजित गरिएको हो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, ‘यो मुद्दा अदालतमा छ । हाम्रो पार्टी अदालतको निर्णय मान्ने पार्टी हो ।’ थप्दै उनले अदालतबाट हुने निर्णय आफुहरुको इच्छाविरुद्ध होस् या इच्छाअनुसार होस् निर्णय मान्ने भने ।
त्यस्तै उनले अदालतको फैसला नआउँदासम्म संसद विघटनको विरोधमा आन्दोलन जारी राख्ने पनि जानकारी दिए ।








