२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 25.16

Wind: 2.57

Humidity: 50

Latest
सभापति लामिछानेलाई गैरकानुनी तवरबाट पक्राउ गरिएको भन्दै रास्वपाका नेताहरू मानव अधिकार कार्यालय जाँदै पूर्वी तराईमा मेघ गर्जन र चट्याङसहित वर्षा पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग चारदेशीय टी–२० आई सिरिज: नेपालले कतारलाई आठ विकेटले हरायो नारायणगढ–बुटवल सडक विस्तार : दाउन्ने खण्ड चार घण्टा बन्द वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायुजन्य सङ्कट गहिरिँदै अछाम आगलागीमा २७ घर नष्ट कोशीदेखि लुम्बिनीसम्मका केही जिल्लामा पर्‍यो पानी, काठमाडौंमा आज पर्ला ? डिपोर्ट आदेशपछि अमेरिका नछाड्नेलाई दिनकै ९ सय ९८ डलर जरिवाना, तीन हजार नेपाली प्रभावित कन्सुलर महानिर्देशक बन्ने पहिलो महिला बनिन् द्रुपदा सापकोटा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहीदहरूको नाममा कार्यक्रम गरौँ भन्दा एमाले–कांग्रेसका साथीहरु नगरसभा बैठक रोकेर जानुभो – बालेन



Mayor Balen Shah
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सहीदहरूको नाममा कार्यक्रम गरौँ भन्ने प्रस्तावलाई नेकपा एमाले र नेपाली कांग्रेसका प्रतिनिधिले असमर्थन गरेको आरोप लगाएका छन् ।

मेयर शाहले उनीहरुले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भनेको तर आफूले सहीदहरूको नाममा कार्यक्रम गरौं भन्दा उनीहरुले नगरसभा बैठक रोकेर गएको आरोप समेत लगाएका छन् ।

मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन् –

एमाले–काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ ।
सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला ।
त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो ।