काठमाडौं । १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी ६५ वर्षीय उखु किसान नारायण राय यादवको हृदयघातका शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको छ ।
आन्दोलनमा सहभागी अर्का उखु किसान मुकेश ठाकुरका अनुसार यादवलार्इ मंगलबार विहान हृदयघात भएको थियो । उखु किसान यादवको सर्लाही धनकौल छोटवल टोलका वासिन्दा थिए ।
यादव मंसिर २८ गतेदेखि नै माइतीघरको किसान आन्दोलनमा सहभागी थिए । समाजवादी पार्टी सर्लाहीका नेता केदारनन्द चौधरीका अनुसार सोमबार सरकासंग भएको किसान आन्दोलन सम्झौता प्रति भने उनले असहमति राखेका थिए ।








