• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त ★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   गिरिजाप्रसाद कोईरालालाई स्मरण गर्दै नेताहरुले भने: शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन ★   झापामा हात्तीको त्रास, चालु आवमा छ जनाको मृत्यु ★   डेङ्गु सङ्क्रमणको जोखिम रोक्न उच्च सतर्कता

मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै



काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको आज ७३ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ । मदन भण्डारी फाउण्डेशनले विविध कार्यक्रम गर्दै आएको छ ।

फाउन्डेसनले जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रम तय गरेको छ ।

फाण्डेसनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जबज : राजनीतिक विकास र स्थायित्व विषयक बिचार गोष्ठी आयोजना गर्न लागेको हो । दिउँसो साढे १ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा कार्यक्रम आयोजना गरिएको फाण्डेसनले जनाएको छ ।

कार्यक्रममा फाण्डेसनले हरेक वर्ष प्रदान गर्ने मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरको कञ्चनजंघा चिया बगान केन्द्रलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

२०४९ साल माघ १४–२० मा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रुपमा रहेको छ ।

२००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका भण्डारीको निधन वि .स.२०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा परी भएको थियो ।