• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण ★   न्याय सम्पादनमा राजनीतिक स्वार्थ देखिनहुन्नः मुख्यमन्त्री कार्की ★   धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको आदेश ★   फुस्रेखोला देउराली सडकमा सात वर्षमा तोकिएको मध्ये आधा काम ★   ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो हेर्न ओली सानेपामा- फोटो फिचर ★   कोशी प्रदेश: छ वर्षमा साढे चार हजार किलोमिटर सडक निर्माण ★   फोटो हेर्न कांग्रेस कार्यालयमा प्रधानमन्त्री दाहाल- फोटो फिचर ★   युरो कपको क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल भिड्ने ★   प्रश्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाई २० र २१ गते हुने ★   शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई

टीआरसीमा सहमति खोज्न प्रमुख दल सहमत



काठमाडौं । प्रमुख राजनीतिक दलहरू संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन शान्ति प्रक्रियाका बाँकी काम सहमतिबाटै पूरा गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो साँझ बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेता संक्रमणकालीन न्यायसम्बन्धी विधेयमा सहमति जुटाउन सहमत भएका हुन् ।

विधेयकमा यसअघि जुट्न नसकेको बुँदामा सहमति खोज्न सहमत भएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जानकारी दिए ।

तीन दलबीच टीआरसी विधेयकलाई कसरी अघि बढाउने र शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भएको थियो । त्यसमा पनि खासगरी संक्रमणकालीन न्यायलाई टुंगो लगाउनुपर्नेमा दलहरु एकमत देखिएका छन् ।

संसद्को समितिमा छलफलका क्रममा ४ वटा बुँदामा सहमति जुट्न सकेको छैन । अब सबैभन्दा पहिलो यिनै बुँदामा सहमति जुटाउने निर्णय भएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा मेलमिलापका सम्बन्धमा पीडित पक्षको स्वतन्त्र सहमति गरेर टुंग्याउने भनिएको थियो । त्यस्तै गम्भीर मानवअधिकार र मानवअधिकार उल्लंघनमा कस्ताकस्ता कुराहरूलाई समावेश गर्ने, बालसेनामा भर्ती भएका र द्वन्द्व पीडितलाई दिने क्षतिपूर्तिबारे दलहरूबीच मतभेद छ ।

प्रधानमन्त्री दाहालले बोलाएको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित अन्य नेताहरू सहभागी थिए ।