१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीआरसीमा सहमति खोज्न प्रमुख दल सहमत



अ+ अ-

काठमाडौं । प्रमुख राजनीतिक दलहरू संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन शान्ति प्रक्रियाका बाँकी काम सहमतिबाटै पूरा गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो साँझ बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेता संक्रमणकालीन न्यायसम्बन्धी विधेयमा सहमति जुटाउन सहमत भएका हुन् ।

विधेयकमा यसअघि जुट्न नसकेको बुँदामा सहमति खोज्न सहमत भएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जानकारी दिए ।

तीन दलबीच टीआरसी विधेयकलाई कसरी अघि बढाउने र शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भएको थियो । त्यसमा पनि खासगरी संक्रमणकालीन न्यायलाई टुंगो लगाउनुपर्नेमा दलहरु एकमत देखिएका छन् ।

संसद्को समितिमा छलफलका क्रममा ४ वटा बुँदामा सहमति जुट्न सकेको छैन । अब सबैभन्दा पहिलो यिनै बुँदामा सहमति जुटाउने निर्णय भएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा मेलमिलापका सम्बन्धमा पीडित पक्षको स्वतन्त्र सहमति गरेर टुंग्याउने भनिएको थियो । त्यस्तै गम्भीर मानवअधिकार र मानवअधिकार उल्लंघनमा कस्ताकस्ता कुराहरूलाई समावेश गर्ने, बालसेनामा भर्ती भएका र द्वन्द्व पीडितलाई दिने क्षतिपूर्तिबारे दलहरूबीच मतभेद छ ।

प्रधानमन्त्री दाहालले बोलाएको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित अन्य नेताहरू सहभागी थिए ।