• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   मुग्लिन–मलेखु सडक विस्तार सुस्त गतिमा ★   बन्दीपुरका हरेक गाउँ: पर्यटकीय ठाउँ ★   प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने ★   पर्यटन र उद्योग विकासका लागि मध्यवर्तीको कानून संशोधन भयोः बर्तौला ★   प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने: देब गुरुङ ★   शेयर बजारमा दोहोरो सर्किट, ४० मिनेटका लागि कारोबार बन्द ★   रास्वपा नयाँ गठबन्धनमा सहभागी नहुने ★   जुनमा भित्रिए ७६ हजारभन्दा बढी विदेशी पर्यटक ★   संविधान संशोधनमा सहमत हुने दलहरुलाई ओली नेतृत्व सरकारमा समावेश गरिने ★   देशका महत्वपूर्ण मुद्दा सम्बोधन गर्न राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुन्छ: काँग्रेस

इंग्ल्याण्डलाई ६८ रनले हराउँदै भारत टी–२० विश्वकपको फाइनलमा



काठमाडौँ । भारत टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा इंग्ल्याण्डलाई ६८ रनले हराउँदै भारत उपाधि नजिक पुगेको हो ।

अब भारतले उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्नेछ । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनल खेल शनिबार हुनेछ ।

भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १६.४ ओभरमा १०३ रनमै अलआउट भयो । उसका लागि ह्यारी ब्रुकले २५, जोस बटलरले २३, जोफ्रा आर्चरले २१ रन जोड्दा बन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतलाई जित दिलाउन बलरले उत्कृष्ट भूमिका खेले । अक्षर पटेल र कुलदीप यादवले ३–३ विकेट लिए भने जसप्रित बुमराहले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारतले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन जोडेको थियो । कप्तान रोहित शर्माले ५७, सूर्यकुमार यादवले ४७, हार्दिक पाण्ड्याले २३, रविन्द्र जडेजाले अविजित १७ रन जोडे ।

बलिङतर्फ इंग्ल्याण्डका क्रिस जोर्डनले ३ तथा आदिल रासिद, साम करन, जोफ्रा आर्चर र रिस टोपलीले १–१ विकेट लिए ।