१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन र उद्योग विकासका लागि मध्यवर्तीको कानून संशोधन भयोः बर्तौला



file photo
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मध्यवर्ती क्षेत्रमा पर्या–पर्यटन र उद्योग विकासका लागि मध्यवर्तीको कानून संशोधन संशोधन भएको बताउनु भएको छ ।

आज बिहान पत्रकारहरुसँग कुरा गर्दै प्रतिनिधिसभाका सांसद बर्तौलाले मंगलबारको प्रतिनिधि सभाको बैठकबाट लगानी सहजीकरण सम्बन्धी विधेयक, २०८१ पास भएको बताउनु भयो ।

नेपाल सरकारले लगानीको वातावरणलाई अनुकुल बनाई उद्योग–धन्दा, कल–कारखाना, व्यापार व्यवसाय वृद्धी मार्फत रोजगारी सिर्जना तथा सम्वृद्धी हाँसिल गर्न बाधकका रुपमा रहेको केहि मौजुदा कानूनहरुलाई संशोधन गर्नका लागि प्रस्ताव दर्ता गरेको थियो ।

उहाँले भन्नुभयो – “यो विधेयक पारित भएसँगै राष्ट्रिय निकुञ्ज ऐन २०२९ संशोधन भएको छ । संशोधन भएको व्यवस्थाले निकुञ्ज क्षेत्रमा गौरवका कुनै आयोजना सञ्चालन हुन अवरोध हुने छैन । मध्यवर्ती क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहले आयोजनाहरु सञ्चालन गर्न पाउने छन् । यसले मकवानपुर लगायत देशमा ३४ जिल्लाका स्थानी नागरिकहरुले मध्यवर्ती क्षेत्रकै कारण भोगिरहेका समस्याहरु हल हुने र थप सहज हुनेछन् । अब मयूरधाप औधोगिक क्षेत्रको काम पनि अघी बढ्रछ र मध्यवर्ती क्षेत्र कायम भएका ईलाकाहरु मनहरी, हेटौंडा १२, १३, १४, १५ नं. वडाहरुमा विकासका आयोजनाहरु अगाढी बढाउन सहज वातावरण बन्छ । ”

लगानी सहजीकरण सम्वन्धी विधेयक, २०८१को दफा ३ को उपदफा २ मा थप गर्न प्रस्ताव गरिएको उपदफा १(क) मा “दफा ५(क) बमोजिम तोकिएको क्षेत्र बाहेक राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्र भित्रको कुनै क्षेत्र वा मध्यवर्ती क्षेत्रमा प्रकृति र मानव सहअस्तित्व कायम हुनेगरी राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना, लगानी बोर्डबाट स्वीकृती आयोजनावा राष्ट्रिय गौरवको आयोजना आयोजना सञ्चालन गर्न नेपाल सरकारले तोकिए वमोजिम स्विकृति दिन सक्नेछ ।” भन्ने थियो ।

प्रतिनिधिसभामा मकवानपुर लगायत अन्य सांसदहरुको प्रस्तावपछि उपदफा १(क)को अन्त्यमा देहाएको वाक्यांश थप्ने भनेर “मध्यवर्ती क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहले निर्माण गर्ने आयोजना सञ्चालन गर्न सक्नेछ र सम्वन्धित निकायको स्वीकृति लिई पर्यापर्यटन (ईकोटुरिजम) लगायतको अन्य उद्योग व्यवसाय सञ्चालन गर्न सक्नेछ ।” भन्ने वाक्यांश थपिएको छ ।