• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   नयाँ राजनीतिक घटनाक्रममा बालेनको कटाक्ष: काले काले मिलेर खाऊ भाले ★   नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै ★   रोल्पाको तालाबाङमा जिप दुर्घटना: सात जनाको मृत्यु ★   नेपालको शिक्षा प्रणाली, एसईई परिणाम र तितो यथार्थ : एक आलोचनात्मक विश्लेषण ★   देउवाले आफ्नै निवासमा बोलाए पदाधिकारी बैठक ★   कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा के छ ? ★   कांग्रेस–एमाले सत्ता समीकरणमा सहमति, ओली चौथो पटक प्रधानमन्त्री बन्ने ★   बेल्जियमलाई हराउँदै फ्रान्स युरो कपको क्वाटरफाइनलमा ★   स्लोभेनियालाई पेनाल्टीमा हराउँदै पोर्चुगल युरो कपको क्वाटरफाइनलमा ★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए…

विदेशी पोसाकमा देखिए ‘फुलेराका गाउँलेहरू’



एजेन्सी । वेब सिरिज पञ्चायत ३ को सफलताले यतिबेला जताततै चर्चा चलिरहेको छ । शृङ्खलाको कथा र स्टार कास्टले आफ्नो दमदार अभिनयले दर्शकलाई मनोरञ्जन दिएका छन् । पछिल्लो दुई सिजन जस्तै यस पटक पनि पञ्चायतले फ्यानहरुको मन जित्न कुनै कसर बाँकी राखेको छैन ।

यसैबीच, फुलेराका बासिन्दाहरूको पछिल्लो फोटोसुट बाहिर आएको छ, जसमा पञ्चायत सिजन ३ का सबै कलाकारहरू विदेशी पोशाकमा देखिएका छन्।

निर्देशक दीपक कुमार मिश्रको पञ्चायत ३ ले फेरि पनि आफ्नो कथाले सबैलाई प्रभावित गरेको छ । यसको सफलतालाई ध्यानमा राख्दै, स्टार कास्टले नयाँ फोटोसुट गराएको छ, जसको झलक प्राइम भिडियोले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा सेयर गरेको छ।

यी तस्बिरहरूमा फुलेराका गाउँलेहरू विदेशी पोसाक लगाएका देखिएका छन् । उनको शैली र स्वैग साँच्चै अचम्मको छ। फुलेरा प्रधान जी (रघुवीर यादव), प्रल्हालाद चा (फैजल मलिक), विकास (चन्दन रोय), रिंकी (सान्विका), सचिव जी (जितेन्द्र कुमार), बनरक्ष (दुर्गेश कुमार) र विनोद (अशोक पाठक) को भव्यता एकदम रमाइलो देखिन्छ।