काठमाडौ । नेकपा नेपाल–दाहाल समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले तीन वर्ष गफ चुटेर बिताएको आरोप लगाउनु भएको छ ।
भृकुटीमण्डपमा मंगलबार भएकाे विरोधसभामा नेता खनालले भन्नुभयो, केपी ओलीले मरिचमानसिंह श्रेष्ठ र नगेन्द्रप्रसाद रिजालले जत्तिको पनि काम गर्न नसकेको बताउनुभयो । नेता खनालले भन्नुभयो ‘धरहरा, रानीपोखरी ओलीले होइन कालिगढले बनाएका हुन्।’ यो तीन बर्षमा केही काम नै भएन
उखान टुक्काले देश नचल्ने भन्दै नेता खनालले ओलीको तीन वर्ष खेर गएको बताउनुभयो । पार्टीको निर्णयलाई उपेक्षा गरेर अघि बढेका आरोप लगाउँदै नेता खनालले पार्टी एकताका लागि निरन्तर ओली बाधक भएको टिप्पणी गर्नुभयो ।
लहड र सनकका भरमा प्रतिनिधिसभा विघटन गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै नेता खनालले ओलीले संविधानमाथि बलात्कार गरेको आरोप लगाउनुभयो । देश अस्थिरतातर्फ जान लागेको भन्दै संसदको पुनःस्थापना अनिवार्य शर्त भएको नेता खनालले बताउनुभयो ।











