• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

टस हार्नु हाम्रो लागि सौभाग्य भयो: एडेन मार्करम



एजेन्सी । टी–२० विश्वकप २०२४ को पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाको घातक बलिङ देखियो । नकआउट खेलमा मार्को जान्सन, कागिसो रबाडा र एनरिके नोर्खियाका अलावा तबरेज शम्सीको घातक बलिङमा अफगानिस्तानलाई ११.५ ओभरमा ५६ रनमा अलआउट गरे। एडेन मार्करमको कप्तानीमा दक्षिण अफ्रिका विश्वकप इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।

दक्षिण अफ्रिकाको यो ऐतिहासिक जितपछि कप्तान एडेन मार्कराम र टोली निकै खुसी देखिएका थिए । एडेन मार्करामको कप्तानीमा दक्षिण अफ्रिकाले अन्डर-१९ विश्वकप जितेको थियो । तर, तुलनामा मार्करमले यो फाइनल अन्डर १९ विश्वकपको फाइनलभन्दा कठिन भएको बताए । यससँगै मार्करमले विगतका अनुभवहरू बिर्सेर आफ्नो खेलमा ध्यान केन्द्रित गर्न टोलीसहित खेलाडीलाई आग्रह गरे ।

दक्षिण अफ्रिकालाई पहिलो पटक फाइनलमा पुर्‍याएपछि कप्तान मार्करमले भने, टीमलाई यहाँसम्म ल्याउने कप्तानले मात्रै होइन, सम्पूर्ण टोलीको प्रयासले पनि ठूलो योगदान दिन्छ। पर्दा पछाडि पनि धेरै मान्छे छन् । टस हार्नु सौभाग्यको कुरा हो, टस जितेको भए हामीले ब्याटिङ पनि गर्थ्यौं । हामीले उत्कृष्ट बलिङ गर्‍यौं। बलरहरूले हाम्रो लागि उत्कृष्ट प्रदर्शन गरे। ब्याटिङ पनि चुनौतीपूर्ण थियो।’

‘फाइनलमा पुग्न पाउँदा निकै खुसी छु । हामीले केही नजिकका खेलहरू पनि खेल्यौं। हामीले अलिकति भाग्य पायौं र त्यसपछि हामीले सानो साझेदारी बनायौं। यो फाइनल अन्डर-१९ विश्वकपभन्दा पनि कठिन छ । यी दुईको तुलना हुन सक्दैन । हामी विगतका अनुभवहरू बिर्सने प्रयास गर्नेछौं र हाम्रो खेलमा ध्यान केन्द्रित गर्नेछौं।’