२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप फाइनल पुग्न भारत र इंग्ल्याण्ड भिड्दै, यस्तो छ हेड-टु-हेड



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ को दोस्रो सेमिफाइनल भारत र इंग्ल्याण्डबीच खेल्दैछ । गुयानामा हुन लागेको यो हाई भोल्टेज खेल नेपाली समय अनुसार बेलुकाको ८:१५ बजेबाट सुरु हुँदैछ ।

टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएको भारतीय टोली अस्ट्रेलियालाई हराउँदै सेमिफाइनलमा पुगेको थियो । भारत यस प्रतियोगितामा अहिलेसम्म अपराजित छ र समूह चरणपछि सुपर–८ मा पनि शीर्ष स्थानमा रहेर फाइनल खेल्दै छ । उता इंग्ल्याण्डले अमेरिकालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

पहिलो सेमिफाइनलमा एकतर्फी जित निकाल्दै दक्षिण अफ्रिका फाइनल प्रवेश गरिसकेको छ । दोस्रो सेमिफाइनल खेलको विजेताले उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्नेछ ।

यसअघि सन् २०२२ को टी–२० विश्वकपको सेमिफाइनलमा इंग्ल्याण्डले भारतलाई हराएको थियो । उक्त खेलमा इंग्ल्याण्डले भारतलाई १० विकेटले हराएको थियो । करिब १६ महिनापछि यी दुई टोली टी–२० विश्वकपको सेमिफाइनलमा फेरी भिड्दैछन् । भारतीय टोली त्यो हारको बदला लिने लक्ष्यसहित मैदानमा उत्रिनेछन् ।

हेड-ट- हेड

टी–२० क्रिकेटमा यी दुई टोलीले हालसम्म २३ पटक भिडेका छन् । जसमा भारतले १२ खेल जितेको छ भने इङ्ल्याण्डले ११ खेलमा जित हात पारेको छ ।

टी–२० विश्वकपको इतिहासमा इङ्ल्याण्डले भारतसँग चारपटक सामना गरेको छ । दुवै टोलीले दुईरदुई खेल जितेका छन् ।

भारतीय टोलीका कप्तान रोहितसहित सूर्यकुमार यादव, शिवम दुबे र हार्दिक पाण्ड्या राम्रो फर्ममा देखिएका छन् । भारतका लागि चिन्ताको विषय विराट कोहलीको फार्म हो। जसले अहिलेसम्म ६ खेलमा १०० रन पनि कटाउन सकेका छैनन् । उनले पछिल्लो खेलमा क्रमश: १, ४, ०, २४, ३७ र ० रन बनाएका छन् ।

भारतीय टीमको बलरले भने उच्च प्रदर्शनी गरिरहेका छन् । स्पिनमा रवीन्द्र जडेजा, अक्षर पटेल र कुलदीप यादव छन् । तीनै बलरले आफ्नो घातक बलिङबाट वेस्ट इन्डिजको पिचमा विशेष प्रभाव छोडेका छन् । योसँगै जसप्रित बुमराहले तीव्र गतिको बलिङ आक्रमणको जिम्मेवारी सम्हाल्ने देखिएका छन् । उनलाई अर्शदीप सिंहले साथ दिनेछन् । हार्दिक पाण्ड्याले पनि बलिङमा राम्रो गरिरहेका छन् ।

यस्तै, इंग्ल्याण्डका कप्तान जोस बटलरको भारतविरुद्ध उत्कृष्ट कीर्तिमान छ । अमेरिकाविरुद्धको अन्तिम खेलमा उनले स्पिनर हरप्रितलाई लगातार ५ छक्का प्रहार गरेका थिए । यस विश्वकपको ६ इनिङ्समा बटलरले ४८ को औसतमा १९१ रन बनाएका छन् ।

त्यसैगरी इङ्लिस लेग स्पिनर आदिल रसिद अहिले उत्कृष्ट फर्ममा छन् । उनले यो विश्वकपमा ७ खेलमा ९ विकेट लिएका छन् । उनले ओमानविरुद्ध ११ रन दिएर ४ विकेट लिएका थिए जसको मद्दतमा इङ्ल्यान्डले ओमानलाई ४७ रनमा अलआउट गरेको थियो ।

भारतको सम्भावित प्लेईङ​–११:

रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त (विकेटकिपर), सूर्यकुमार यादव, शिवम दुबे, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, जसप्रित बुमराह र अर्शदीप सिंह ।

इङ्ल्यान्डको सम्भावित प्लेईङ​–११:

जोस बटलर (कप्तान), फिल साल्ट, जोनी बेयरस्टो, ह्यारी ब्रुक, मोइन अली, विल ज्याक, लियाम लिभिङ्स्टन, क्रिस जोर्डन, आदिर राशिद, जोफ्रा आर्चर र मार्क वुड।