२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘घण्टी सुक्न थाल्यो, प्रदेश खारेजीको प्रस्तावमा उभिऊँ’



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुलुक ढकालले पार्टी संकटतर्फ धकेलिएको निष्कर्ष निकालेका छन् । महामन्त्री ढकालले प्रदेश खारेजीको पक्षमा पार्टी उभिनुपर्ने तथ्यसहितको प्रतिवेदन पनि बुझाएका छन् ।

स्थापनाको छोटो समयमै संघीय संसद्का २१ सिट जित्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी संकटतिर धकेलिएको प्रतिवेदन महामन्त्री ढकालको प्रतिवेदनमा उल्लेख छ । महामन्त्री ढकालले वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपा र सभापति रवि लामिछानेको लोकप्रियता खस्किँदै गएको ‘विश्लेषण प्रतिवेदन’ हिजो पार्टी सभापति समक्ष बुझाएका हुन् ।

प्रतिवेदनमा गठनको दुई वर्षमै पार्टी तत्कालीन ‘विवेकशील’ कै बिजोग अवस्थामा पुग्न लागेको निष्कर्ष सुनाएका हुन् । पार्टीप्रति विगतमा जस्तो उत्साह थियो, त्यो अहिलेको अवस्था घट्दै गएको र आकर्षणसमेत कम देखिएको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

ढकालले देश दौडाहापछि प्रतिवदेन तयार पारेका हुन् । उनले सहकारी प्रकरणले मात्रै नभएर पार्टीले गरेका वाचा पूरा नगर्दा पनि जनतामा निराशा बढेको बताएका छन् ।

रास्वपाले पछिल्लो सयम ‘मिसन—०८४’ अभियान चलाइरहेको छ । रास्वपाका केही नेताले पार्टी २०८४ मा पहिलो बन्ने बताइरहेका छन् । तर उता महामन्त्री ढकालले भने सभापति लामिछाने र रास्वपा दुवैको जनमत निरन्तर ओरालो लागेको देखेको प्रतिवेदन दिएका हुन् ।

उनले ‘समीक्षा यात्रा’ टुंग्याएर तयार पारेको‘विश्लेषण प्रतिवेदन’ सभापति लामिछानेलाई बुझाएका हुन् । उनले २०८४ मा पहिलो दल बन्ने नभई रास्वपा विघटनतिर जान सक्ने चेतावनी दिएका हुन् ।

महामन्त्री ढकालले देश यात्राका क्रममा २ हजार ५०० सर्वसाधारणसँग कुराकानी गरेको जनाएका छन् । उनले जेठ ६ गतेदेखि असार ६ गतेसम्म ३९ जिल्लाका नेता–कार्यकर्तासँग संवाद गरेका थिए ।