६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा लगानी सहजीकरण सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा बोल्दै उनले उद्योगहरु नवीकरण गर्नुपर्ने बताएका हुन् ।

‘हामिले दुनियाँलाई नेपालमा आउ, लगानी गर, रोजगारी देउ, कर तिर भनिरहेको छौं । स्वदेशमा चलिरहेको उद्योग धन्दा र स्वदेशमा भइरहेको लगानीहरुको प्रबर्द्धन तथा संरक्षणमा सरकारले अभिभावकत्व लिनुपर्छ । सरकारले यस किसिमको वातावरण बनाउन नसक्दा कतिपय उद्योग धन्दा, कल–कारखानाहरु बिचैमा बन्द हुने अवस्था रहेको छ ।’ प्रमुख सचेतक बर्तौलाले भने ‘सरकारले अनुमति दिएर खुलेका उद्योग धन्दाहरु पनि समयमै नविकरण नहुँदा नवीकरण गराईदेउ भनेर व्यवसायीहरु आन्दोलन गर्नुपर्ने अवस्था छ । ससर्थ, सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छ ।’