१७ श्रावण २०८३, आईतवार
,
Latest
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग गृहमन्त्री र हिन्दु सम्राट सेनाबीच मौखिक समझदारी, आन्दोलनका कार्यक्रम फिर्ता २०८३ वैशाखदेखि साउन १७ सम्म विपद्बाट १ सय ९६ जनाको मृत्यु, सर्पदंशबाट मात्रै ५४ जनाले… थाइल्यान्डबाट ११ किलो गाँजा ल्याएको आरोपमा तीन भारतीय नागरिक पक्राउ राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट ,२०२६ सम्पन्न मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी विदाको दिनमा पनि राहदानी बनाउनेको भीड, अत्यावश्यक हुनेले मात्रै आवेदन दिन विभागको आग्रह काँग्रेस कमजोर हुँदा देशले राजनीतिक र आर्थिक दुर्घटना व्यहोर्नुपर्छः रञ्जित कर्ण शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना
तपाईं के खोज्दै हुनुहुन्छ ?

गलत प्रवृत्तिका विरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यकः अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गलत प्रवृत्तिका बिरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरु समाजलाई रुपान्तरण गर्न, समाजवादी दिशामा जान चाहेको बताउनु भयो । नयाँ नयाँ विधाका योग्य र सक्षम युवाहरुलाई अगाडि बढाउन आवश्यक रहेको पनि बताउनु भयो । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा आफूहरुले बिद्रोहको ज्वाला दन्काएको बताउनु भयो । उहाँले कम्युनिष्ट आन्दोलनमा देखापरेका विकृति, विसंगतिका बिरुद्धमा बिद्रोहको ज्वाला दन्काएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी यो समाजलाई रुपान्तरण गर्न चाहन्छाँै, समाजवादी दिशामा जान चाहन्छौँ, त्यसका लागि समाजवादी संस्कृतिको विकास गर्न चाहन्छाँै, पुँजीवादी संस्कृतिका बिरुद्धमा समाजमा रहेका सबै विसंगति र विकृतिका बिरुद्धमा व्यक्तिहरुमा रहेको व्यक्तिवाददेखि लिएर चरम महत्वकांक्षादेखि लिएर अनेकौँ खालका त्यस्ता गलत प्रवृत्तिका बिरुद्धमा हामी नयाँ सांस्कृतिक जागरण पैदा गर्न चाहन्छाँै । यो सांस्कृतिक जागरणको अभियन्ताको रुपमा तपाईंहरुले नयाँ नयाँ गीतहरुको रचना गर्नुपर्छ । नयाँ नयाँ नाटकहरुको रचना गर्नुपर्छ । नयाँ नयाँ विधाका योग्य र सक्षम युवाहरुलाई अगाडि बढाउनुपर्छ । यि खुबी र क्षमता भएका युवाहरु देशका विभिन्न ठाउँमा छरिएका छन् । विभिन्न समुदायमा रहेका छन् भने उनीहरुलाई पनि तपाईंहरुले एकत्रित गर्नुपर्छ ।

हामी सबैलाई थाहा छ, नेपालको कम्युनिष्ट आन्दोलनमा हामीले जुन पहल गरेका छौँ । बिद्रोह गर्ने आँट गरेका छाँै, कम्युनिष्ट आन्दोलनमा देखापरेका विकृति, विसंगतिका बिरुद्धमा बिद्रोहको ज्वाला दन्काएका छौँ । एक्लै भएपनि अघि बढ्ने हिम्मत गरेका छाँै । एक्ला चलो, एक्ला चलो, एक्ला चलो रे भन्दै हामी अघि बढ्यौँ । हाम्रो साथमा देशभरका नेता र कार्यकर्ताहरु जुट्दै जुट्दै ७७ जिल्लामै संगठन बिस्तर गर्दै पालिका, वडामा जनसंगठन निर्माण गर्दै अघि बढेका छौँ ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा खेलेको भुमिकाप्रति गौरववोध गर्नुपर्ने बताउनु भयो ।