२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गलत प्रवृत्तिका विरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यकः अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गलत प्रवृत्तिका बिरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरु समाजलाई रुपान्तरण गर्न, समाजवादी दिशामा जान चाहेको बताउनु भयो । नयाँ नयाँ विधाका योग्य र सक्षम युवाहरुलाई अगाडि बढाउन आवश्यक रहेको पनि बताउनु भयो । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा आफूहरुले बिद्रोहको ज्वाला दन्काएको बताउनु भयो । उहाँले कम्युनिष्ट आन्दोलनमा देखापरेका विकृति, विसंगतिका बिरुद्धमा बिद्रोहको ज्वाला दन्काएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी यो समाजलाई रुपान्तरण गर्न चाहन्छाँै, समाजवादी दिशामा जान चाहन्छौँ, त्यसका लागि समाजवादी संस्कृतिको विकास गर्न चाहन्छाँै, पुँजीवादी संस्कृतिका बिरुद्धमा समाजमा रहेका सबै विसंगति र विकृतिका बिरुद्धमा व्यक्तिहरुमा रहेको व्यक्तिवाददेखि लिएर चरम महत्वकांक्षादेखि लिएर अनेकौँ खालका त्यस्ता गलत प्रवृत्तिका बिरुद्धमा हामी नयाँ सांस्कृतिक जागरण पैदा गर्न चाहन्छाँै । यो सांस्कृतिक जागरणको अभियन्ताको रुपमा तपाईंहरुले नयाँ नयाँ गीतहरुको रचना गर्नुपर्छ । नयाँ नयाँ नाटकहरुको रचना गर्नुपर्छ । नयाँ नयाँ विधाका योग्य र सक्षम युवाहरुलाई अगाडि बढाउनुपर्छ । यि खुबी र क्षमता भएका युवाहरु देशका विभिन्न ठाउँमा छरिएका छन् । विभिन्न समुदायमा रहेका छन् भने उनीहरुलाई पनि तपाईंहरुले एकत्रित गर्नुपर्छ ।

हामी सबैलाई थाहा छ, नेपालको कम्युनिष्ट आन्दोलनमा हामीले जुन पहल गरेका छौँ । बिद्रोह गर्ने आँट गरेका छाँै, कम्युनिष्ट आन्दोलनमा देखापरेका विकृति, विसंगतिका बिरुद्धमा बिद्रोहको ज्वाला दन्काएका छौँ । एक्लै भएपनि अघि बढ्ने हिम्मत गरेका छाँै । एक्ला चलो, एक्ला चलो, एक्ला चलो रे भन्दै हामी अघि बढ्यौँ । हाम्रो साथमा देशभरका नेता र कार्यकर्ताहरु जुट्दै जुट्दै ७७ जिल्लामै संगठन बिस्तर गर्दै पालिका, वडामा जनसंगठन निर्माण गर्दै अघि बढेका छौँ ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा खेलेको भुमिकाप्रति गौरववोध गर्नुपर्ने बताउनु भयो ।