७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह

पहिलोपटक गाउँपालिकामा सडक कालोपत्रे शुरु

पहिलोपटक गाउँपालिकामा सडक कालोपत्रे शुरु
अ+ अ-

गलकोट । गाउँपालिकामा पहिलोपटक सडक कालोपत्र शुरु भएको छ । बागलुङ  जिल्लाको काठेखोला गाउँपालिकाभर पहिलोपटक रेश जाने सडकको अहिले धमाधम कालोपत्र भइरहेको छ । स्थानीय तह आइसकेपछि गाउँपालिकाले धेरै सडक स्तरोन्नति गरेको भए पनि कालोपत्रको काम काठेखोला गाउँपालिका–७ रेश पुग्ने सडक कालोपत्र गर्न थालिएको छ ।  
  
सो सडकमा गाउँपालिकाकै सबैभन्दा ठूलो गौरवको आयोजना सञ्चालनमा रहेको छ । गाउँपालिकाको केन्द्रदेखि वडा कार्यालय पुग्ने सडक कालोपत्र गर्ने योजनाअनुसार पहिलोपटक रेश जाने सडक कालोपत्र गरिएको गाउँपालिकाका अध्यक्ष अमर थापाले बताउनुभयो । 

गाउँपालिकाको केन्द्रबाट वडा नं ७ रेश पुग्ने सडक पहिलो चरणमा ४०० मिटर सडक कालोपत्र भइरहेको र थप चार किलोमिटर सडक कालोपत्रका लागि धमाधम पूर्वाधार निर्माणको काम भइरहेको थापाको भनाइ छ । “एक हप्ताभित्रै कालोपत्रको पहिलो चरणको काम सकिन्छ, गाउँपालिकामा पहिलोपटक सडक कालोपत्र हुनु खुशीको कुरा हो”, अध्यक्ष थापाले भन्नुभयो, “कालोपत्र सडक भन्दामाथि चार किलोमिटर सडक कालोपत्रका लागि चार महिनादेखि धमाधम पूर्वाधारको काम भइरहेको छ ।” गण्डकी प्रदेश सरकारको रु ८० लाखमा पहिलो चरणमा सडक कालोपत्र भइरहेको छ ।  

सङ्घीय सरकार र स्थानीय सरकारको समपुरक बजेटमा सङ्घीय सरकारको ६० प्रतिशत र स्थानीय सरकार काठेखोला गाउँपालिकाको ४० प्रतिशत बजेटमा रेश पुग्ने सडक एक्लेफाँट रेश खोलाबाट चार किलोमिटर सडक कालोपत्रका लागिसमेत पूर्वाधार निर्माण भइरहेको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

 लामिछानेका अनुसार आफ्नो कार्यकालमा कम्तीमा वडा कार्यालयसम्म सडक कालोपत्र गर्ने योजना रहेको छ । रु ६ करोड ७१ लाख ४५ हजार ५९८ लागतमा चार किलोमिटर सडकको पाँच महिना अगाडि जोसी निशान आचार्य जेभी निर्माण सेवासँग ठेक्का सम्झौता गरी निर्माण अगाडि बढाइएको छ ।

रेश पुग्ने गरी कालोपत्र गर्न थालिएको दोस्रो चरणको कालोपत्र भने २०७९ जेठ २६ सम्म कालोपत्र भइसक्नुपर्ने छ । अहिले एक्लेखेतदेखि जिरेदीसम्म सडक चौंडा पार्ने, ग्याबिन चिन्ने जस्ता कार्य भइरहेको छ । रेश जाने सडक रेश खोलामा पक्की पुल नहुँदा बर्खामा यातयातका साधन चल्न नसक्ने समस्यालाई ध्यान दिँदै गत वर्षदेखि पक्की पुलसमेत निर्माण थालिएको छ । 

गाउँपालिकाका अनुसार उक्त सडकलाई गाउँपालिकाको गौरवको सडकका रुपमा लिइएको छ । चार किलोमिटर, नाली, कल्र्भट, पर्खाललगायतका संरचना निर्माण भइरहेको छ । उक्त सडक छ मिटरको चौडाइ हुनेछ । रेश जाने सडक झण्डै साढे चार किलोमिटर कालोपत्र हुने र खोलामा पक्की पुलजस्ता विकास निर्माण हुँदा स्थानीयवासी उत्साहित भएका छन् ।