काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षकी केन्द्रीय सदस्य पूर्व सांसद निरुदेवी पालले निर्वाचन आयोगले पार्टी अध्यक्ष र महासचिवलाई मात्र औपचारिक रुपमा चिन्ने हुँदा सूर्य चिन्ह आफूहरुकै हुने दाबी गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशका ओलीपक्षीय कार्यकर्ताको बबरमहलमा सुरु भएको भेलालाई सम्बोधन गर्दै पालले सूर्य चिह्न हाम्रै हो, यसमा कुनै पनि शंका छैन साथीहरु ढुक्क भए हुन्छ भन्नुभयाे ।
मंगलबार मात्र नेकपा नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले सूर्य चिन्ह आफूहरुसँग रहेको दाबी गर्नु भएको थियो छ। डिएनए टेष्ट गर्न आफूहरु तयार रहेको भन्दै नेता नेपालले बालुवाटार गुटले नाम र चिह्नका बारेमा कुनै भ्रम नरहेको बताउनु भयो । नेता नेपालको प्रतिउत्तरमा नेतृ पालले यस्तो बताउनु भएको हो ।











