• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

भ्रष्टाचारबिरुद्ध अझ निर्मम बन्न सरकारलाई सांसद गैरेको आग्रह



काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुरप्रसार गैरेले भ्रष्टाचारबिरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा शुन्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई भ्रष्टाचारको मुद्दा दायर भएको भन्दै यसले निजामति क्षेत्रसहित सम्पूर्ण क्षेत्रलाई लज्जित तुल्याएको जिकिर गर्नुभयो । उहाँले माथि भन्नुस्, माथिको आदेश छैन, माथि मिलाउनुपछ भोलि आउनुस् जस्ता स्वरहरुले आम सेवाग्राहीलाई आजित बनाइरहेको बताउनु भयो । उहाँले देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्यसचिवलाई नै भ्रष्टाचारको मुद्दा दायर हुनेले निजामति सेवा क्षेत्र कति समस्याग्रस्त भन्नेकुरा स्पष्ट हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भ्रष्टाचारबिरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु । यसले हामी सबैलाई लज्जित तुल्याइरहेको छ । माथि भन्नुस्, माथिको आदेश छैन । माथि मिलाउनुपर्छ । भोलि आउनुस् जस्ता स्वरहरुले आम सेवाग्राहीलाई आजित बनाइरहेको हुन्छ । त्यसमाथि पनि देशको स्थायी सरकारको प्रमुख पदमा रहेको मुख्यसचिव जस्तो व्यक्ति नै अख्तियारद्वारा भ्रष्टाचारको मुद्दा दायर हुने परिस्थितिले हाम्रो सेवा क्षेत्र कति समस्याग्रस्त छ भन्नेकुरा बताउँछ । हाम्रो निजामतिभित्र रहेको भ्रष्टाचारको जालो कति मजबुत छ भन्नेकुरालाई पनि बताउँछ । यो निजामतिमा मात्रै सिमित रहेर सम्भव छ ।’

उहाँले निजामतिभित्र रहेको भ्रष्टाचारको जालो कति मजबुत छ भन्नेकुरालाई यसले स्पष्ट बनाएको बताउनु भयो ।