१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गरिरहेको छु: प्रधानमन्त्री

खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गरिरहेको छु: प्रधानमन्त्री
काठमाडौँ, ९ असार ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार साहना प्रधान प्रतिष्ठानद्वारा आयोजित अन्डर–१९ भलिबल प्रतियोगिता कार्यक्रमलाई सम्बाधने गर्दै । तस्बिर ः प्रदीपराज वन्त÷रासस
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल गर्दै आएको बताउनुभएको छ ।

‘साहना प्रधान प्रतिष्ठान’द्वारा आयोजित अन्डर–१९ भलिबल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले समग्र खेल क्षेत्रको विकास र खेलाडीमा उत्साह तथा प्रोत्साहनलाई आफूले विशेष ध्यान दिँदै आएको बताउनुभयो । “युवा तथा खेलकुदको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आएको छु”, उहाँले भन्नुभयो, “खेलाडीको वृत्तिविकास, उनीहरूलाई प्रोत्साहन र खेलमार्फत अर्थतन्त्र तथा कूटनीतिमा हस्तक्षेपका निम्ति मैले विशेष पहल लिँदै आएको छु ।”

नेपालको भू–वनोट र संस्कृतिका दृष्टिले पनि भलिबल अत्यन्तै सम्भावनायुक्त खेल विधा भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा विशेष प्रस्ताव राखेर भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको स्मरण गर्नुभयो । उहाँले उक्त ऐतिहासिक घोषणाले नेपालका भलिबल खेलाडीलाई उत्प्रेरणा मिलेको विश्वास व्यक्त गर्नुभयो ।

आगामी आर्थिक वर्ष राष्ट्रियस्तरका ८० खेलकुद प्रतियोगिता आयोजना गर्ने, काठमाडौँको मूलपानी क्रिकेट रङ्गशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भरतपुरमा निर्माणाधीन गौतम बुद्ध रङ्गशाला सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण अगाडि बढाउने, कीर्तिपुर क्रिकेट रङ्गशालाको स्तरोन्नति र फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिइने बताउनुभयो ।

साहना प्रधान नेपाली वामपन्थी आन्दोलनको एक शिखर व्यक्तित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पञ्चायती व्यवस्थाविरूद्ध कठोर सङ्घर्ष गर्दै २०४६ सालको जनआन्दोलनसम्म आउँदा उहाँले संयुक्त वाममोर्चाको नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “वैचारिक र साङ्गठनिक भूमिकाको इतिहासमा प्रधान सधँै प्रेरणादायी हुनुहुन्छ, रहनुहुन्छ ।”

राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आफूले हेर्ने गरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले महत्वपूर्ण प्रतियोगिताअघि प्रतिस्पर्धी खेलाडीलाई भेटेर हौसला प्रदान गर्ने र विजयी खेलाडीलाई पुरस्कृत गर्दै आएको बताउनुभयो ।