• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला ★   प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर ★   एमालेलक्षित झलनाथको टिप्पणी: काँग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन ★   रामकृष्ण ढकालको ‘मायाको घर’ सार्वजनिक (भिडियोसहित) ★   प्रेम आले भन्छन् – हैसियत र पिँध नभएको लोटाजस्तो पार्टीको कुनै काम छैन ★   पुरानो सरकार कहिले बिदा हुने यत्तिकै भन्न सकिँदैन: अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिनुहुने

अष्ट्रेलियालाई हराएपछि नइबले भने – हाम्रो यात्रा अब सुरु भयो



एजेन्सी । अफगानिस्तानका तिब्र गतिका बलर गुलबदिन नइबले अष्ट्रेलियाविरुद्ध खेलिएको टी–२० विश्वकप २०२४ को ४८ औं खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

यस खेलमा अष्ट्रेलियालाई २१ रनले पराजित गर्दै अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक अस्ट्रेलियाविरुद्ध जित दर्ता गरेको छ ।

अफगानिस्तानको यो ऐतिहासिक जितमा गुलबदिन नइब खेल विजेताको रुपमा उभिए जसले ४ विकेट लिएर कंगारु टोलीलाई ध्वस्त पारे । यो खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी प्लेयर अफ द म्याच पनि बनेका थिए ।

गुलबदिनले यो खेलपछि पोस्ट म्याच कन्फरेन्समा भने – हामी लामो समयदेखि यो जितको प्रतीक्षामा थियौं । यो मेरो लागि मात्र होइन, मेरो देश र मेरा जनताका लागि विशेष क्षण हो । यो हाम्रो क्रिकेट टोलीको लागि ठूलो उपलब्धि हो । मसँग मेरो खुशी व्यक्त गर्ने शब्द छैन, तर मलाई सधै साथ दिने सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । यो सम्पूर्ण टिमको मिहिनेत हो जुन उनीहरुले विगत दुई महिनादेखि गरिरहेका छन् र नतिजा तपाईहरुको सामु छ ।

उनले अगाडि भने – भगवानलाई धन्यवाद, हामीले अन्ततः अष्ट्रेलियालाई पराजित गर्यौं । हाम्रो विगतको नतिजालाई हेर्ने हो भने खास केही छैन, तर हामीले विगत १० वर्षमा जे हासिल गरेका छौं त्यो ठूलो उपलब्धि हो । हामीले राम्रो खेल खेल्यौं र पहिलो राउण्डमा न्युजिल्यान्डलाई हरायौं र अब अस्ट्रेलियालाई हरायौं, यो सजिलो थिएन । यो विश्व च्याम्पियन टोली हो र तिनीहरूलाई हराउनु हाम्रो लागि ठूलो सफलता हो । हामी यो फर्म जारी राख्नेछौं ।

आअफगानिस्तान क्रिकेट टोलीले सुपर ८ मा अस्ट्रेलियाली टोलीलाई हराएर क्रिकेट इतिहासमा सबैभन्दा ठूलो अपसेट सिर्जना गरेको थियो । यसरी अफगान टोलीले २०२३ को एकदिवसीय विश्वकपमा अष्ट्रेलियासँगको हारको बदला पनि लिएको छ ।