२० भाद्र २०८३, शनिबार
,
Latest
खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद भवनमा कर्मचारीहरू आन्दोलनमा, प्रतिनिधिसभा बैठक प्रभावित



अ+ अ-

काठमाडौं । हातमा कालोपट्टी बाँधेर सङ्घीय संसद्का कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । केहीदिनयता विभिन्न मागसहित आन्दोलन गरिरहेका कर्मचारीहरूले लिखित सम्झौता नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

कर्मचारीहरूको आन्दोलनका कारण बिहान ११ बजे बोलाइएको संसद बैठक प्रभावित भएको छ ।

आज बिहान बालुवाटारमा बसेको बैठकले संघीय संसद सचिवालयका कर्मचारीहरुको माग सम्बोधनका लागि सहजीकरण गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा समिति गठन गरेको थियो ।समितिमा संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे र अर्थ मन्त्रालयका सचिव मधु मरासिनी सदस्य छन् ।

सरकारले कर्मचारीका लागि माग संशोधनका लागि सहजीकरण समिति बनाउँदैमा आन्दोलन नरोकिने बताउदै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । यसअघि कर्मचारीले असार ७ गतेसम्म माग सुनुवाइ नभए तेस्रो चरणको आन्दोलन थाल्ने घोषणा गरेका थिए ।

अतिरिक्त समयमा काम गरेको पारिश्रमिक, तलब भत्ता, आवास भत्ता, शैक्षिक भत्ता वृद्धि लगायतका ११ बुँदे माग राख्दै संसद् सचिवालयका कर्मचारीहरू जेठ ३० गतेदेखि आन्दोलनमा छन् ।