५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपमा ३ हजार रन बनाउने पहिलो ब्याट्सम्यान बने विराट कोहली



अ+ अ-

एजेन्सी । एन्टिगुवामा शनिबार भारत र बंगलादेशबीच भएको सुपर–८ खेलमा धेरै कीर्तिमान बनेका छन् । भारतीय ब्याट्सम्यान विराट कोहली विश्वकपमा ३ हजार रन बनाउने पहिलो खेलाडी बनेका छन् ।

विराट कोहलीले दुवै विश्वकप अर्थात एकदिवसीय विश्वकप र टी–२० विश्वकपमा ३ हजार रन पूरा गरेका छन् । उनी यस्तो गर्ने पहिलो खेलाडी बनेका छन् । उनीपछि भारतीय कप्तान रोहित शर्मा छन् । जसको विश्वकपमा २ हजार ६३७ रन छ ।

यस्तै, शकिब अल हसन टी–२० विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । भारत र बंगलादेशबीचको टी–२० मा सर्वाधिक रन बनेको छ ।

भारतले १९७ रनको लक्ष्य दिएको थियो । बंगलादेशको टोली १४६ रनमा सिमित भयो । सुपर ८ मा भारतको यो दोस्रो जित हो । यसअघि भारतले अफगानिस्तानलाई हराएको थियो । जितसँगै भारत सेमिफाइनलको नजिक पुगेको छ ।