१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपमा ३ हजार रन बनाउने पहिलो ब्याट्सम्यान बने विराट कोहली



अ+ अ-

एजेन्सी । एन्टिगुवामा शनिबार भारत र बंगलादेशबीच भएको सुपर–८ खेलमा धेरै कीर्तिमान बनेका छन् । भारतीय ब्याट्सम्यान विराट कोहली विश्वकपमा ३ हजार रन बनाउने पहिलो खेलाडी बनेका छन् ।

विराट कोहलीले दुवै विश्वकप अर्थात एकदिवसीय विश्वकप र टी–२० विश्वकपमा ३ हजार रन पूरा गरेका छन् । उनी यस्तो गर्ने पहिलो खेलाडी बनेका छन् । उनीपछि भारतीय कप्तान रोहित शर्मा छन् । जसको विश्वकपमा २ हजार ६३७ रन छ ।

यस्तै, शकिब अल हसन टी–२० विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । भारत र बंगलादेशबीचको टी–२० मा सर्वाधिक रन बनेको छ ।

भारतले १९७ रनको लक्ष्य दिएको थियो । बंगलादेशको टोली १४६ रनमा सिमित भयो । सुपर ८ मा भारतको यो दोस्रो जित हो । यसअघि भारतले अफगानिस्तानलाई हराएको थियो । जितसँगै भारत सेमिफाइनलको नजिक पुगेको छ ।