७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक

नौ महिनापछि सुन चोरीका अभियुक्त पक्राउ

नौ महिनापछि सुन चोरीका अभियुक्त पक्राउ
अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्ध नौ महिनाको अनुसन्धानपछि सुनचाँदी चोर्ने भनिएको समूहलाई पक्राउ गर्न सफल भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख नवीन कार्कीका नेतृत्वमा सुनचाँदी चोरी गर्ने सात अभियुक्त लागुऔषधसहित पक्राउ परेका हुन् ।

 प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार झापा स्थायी ठेगाना भई काठमाडौँ आरुबारी बस्ने २७ वर्षीय सोनाम लामा उक्त चोरी समूहको मुख्य नाइके हुन् । उनीसँगै चोरी तथा लागुऔषधमा संलग्न झापा कन्काईका २५ वर्षीय सनम माझी, शिवसताक्षीका २३ वर्षीय विजय लिम्बू, भोजपुर पौवादुङ्माका ३२ वर्षीय सन्तोष विक र  ३५ वर्षीय सूर्यबहादुर श्रेष्ठ तथा  सिन्धुपाल्चोका ३७ वर्षीय सञ्जीव तामाङ र भारतीय युवराज बलु बबर छन् ।

लामो समयदेखि चोरीमा संलग्न  अभियुक्तको खोजतलासमा प्रहरीले निकै मेहनत गरेको थियो । सात जनालाई बुधबार  पक्राउ गरी खोजतलास गर्दा सबै घटनाक्रम खुल्न आएको हो । काठमाडौँको बौद्धक्षेत्रलाई लक्ष्य गरी लामो समयदेखि सो समूह चोरीमा संलग्न रहेको खुल्न आएको छ । दिउँसो घरमा कोही नभएका अवस्थामा तथा बन्द रहेका सटर र ढोका फोरेर चोरी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 

चोरी समूहमा संलग्न अभियुक्तका साथबाट प्रहरीले औठी र  सिक्री गरी ६४ तोला ३४ लाल सुन, पाँच किलो ६९३ ग्राम चाँदी र रु पाँच लाख ३३ हजार ७०  बरामद गरको छ । प्रहरीले चोरीका मुख्य अभियुक्त  लामा र  अन्य अभियुक्तका कोठा तथा  बबरको पसलबाट गरी सुनचाँदी बरामद गरेको हो ।  

विभिन्न घर तथा पसलबाट चोरी गरेको सुन अभियुक्तले जोरपाटी बराल पेट्रोल पम्प नजीकैको गणेश टन्च सेन्टर नामको सुनचाँदी परीक्षण केन्द्रमा लगेर त्यसको स्वरुप परिर्वतन गरी बेच्ने गरेको पाइएको छ । चोरीमा सहयोग गर्दै  सामानको स्वरुप परिर्वन गरी बिक्रीवितरण गर्ने पसल सञ्चालक २३ वर्षीय बबरलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । उनले सञ्चालन गर्दै आएको उक्त पसल हालसम्म दर्ता नभएको प्रहरीले बताएको छ । 

हालसम्म सुनचाँदी र नगद चोरी भएको जनाउँदै महानगरीय प्रहरी वृत्त बौद्धमा नौ जनाले जाहेरी दिइसकेको तथा एक जनाले जानकारी मात्र दिएको बौद्ध प्रहरी प्रमुख कार्कीले बताउनुभयो । 

प्रहरीले उनीहरुका साथबाट लागुऔषध खैरो हेरोइन २७ ग्राम, रु पाँच लाख ३२ हजार, अमेरिकी डलर ६, ६० तोला ८७ लाल सुन, पाँच किलो ६९३ ग्राम चाँदीसहित लुटपाटमा प्रयोग भएको वाग्मती प्रदेश ०२०२० प ६६११ र वाग्मती प्रदेश ०२–००५ प ३८३५ नं को स्कुटर बरामद गरेको छ ।  साथै ल्यापटप, मोबाइल, लागुऔषध तौल गर्न र सुनचाँदी जोख्ने तराजु एवं दुई थान यन्त्र, गरगहना गाल्न प्रयोग हुने उपकरण पत्थरलगायत सामग्री बरामद गरिएको छ ।