काठमाडौं । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल वीरगन्जबाट पक्राउ परेका छन्। अग्रवाललाई बिहीबार बिहान पर्सा प्रहरीसँगको समन्वयमा अपराध महाशाखाका टोलीले पक्राउ गरेको हो ।
उक्त चिनी मिल सुशिला गोयलको नाममा रहेको छ । तर अंशबन्डा हुँदा सुशिलाको जेठाजू मनोज भागमा परेपनि पूर्ण रूपमा उनको नाममा भने नआएको स्रोतको दावि रहेको छ ।
उक्त चिनी मिलले उखु किसानलाई १६/१७ करोड तिर्न बाँकी छ। यसअघि किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन पुर्जी जारी गरिएको थियो। उक्त निर्देशनपश्चात मनोज फरार थिए।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।











