काठमाडौ । राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अधिवेशन धेरै लामो चल्न नसक्ने बताउनु भएको छ । पौष १७ गतेभित्र संसदको अधिवेशन बोलाउनैपर्ने संवैधानिक बाध्यताले राष्ट्रिय सभाका बैठकहरु औपचारिकतामा मात्रै सिमित हुने अध्यक्ष तिमिल्सिनाले बताउनु भयो ।
प्रतिनिधिशभा नभएको अबस्थामा राष्ट्रिय शभाले मात्र केही गर्न नसक्ने अबस्था रहेको उल्लेख गर्दे अधयक्ष तिमिल्सिनाले राष्ट्रिय सभाले जतिसुकै विधेयक पास गरेपनि त्यो कार्यान्वयनमा नहने स्पष्ट पार्नुभयो । पछिल्लो बिकसित राजनीतिक घटनाक्रमका बारेमा सदस्यहरुले मत राखे पनि र सर्बोच्च अदालतमा बिचाराधिन रहेको बिषयमा भने राष्ट्रिय सभामा छलफल नहुने उहाले स्पष्ट पार्नुभयो ।











