२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपको सुपर ८ मा दुई आयोजक भिड्दै, दुबैलाई जित्नैपर्ने दबाब



अ+ अ-

एजेन्सी । आईसीसी टी–२० विश्वकप २०२४ मा सुपर–८ को छैटौं खेल जुन २२ मा दुई आयोजक वेस्ट इन्डिज र अमेरिकाबीच हुँदैछ । खेल नेपाली समयानुसार शनिबार बिहान सवा ६ बजे केन्सिङ्टन ओभल बार्बाडोसमा सुरु हुनेछ ।

दुवै टोली पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय खेलमा आमनेसामने हुँदैछन् । वेस्ट इन्डिजले दुई पटक टी–२० विश्वकपको उपाधि जितेको छ ।

अमेरिकाले पहिलो पटक विश्वकप खेल्दैछ । तर, विन्डिजले अमेरिकालाई हल्का रूपमा लिने छैन, किनभने अमेरिकाले समूह चरणमा पाकिस्तानजस्तो ठूलो टोलीलाई हराएर निराश बनाएको थियो ।

समूह–२ मा वेस्ट इन्डिज र अमेरिकाले आफ्नो पहिलो खेलमा हार बेहोरेका थिए अर्थात सेमिफाइनलमा पुग्न दुवैलाई अन्तिम दुई खेल जित्नै पर्ने हुन्छ । शनिबारको खेलमा जित्ने टोलीको आशा कायमै रहने छ भने हार्ने टोली दौडबाट बाहिरिने छ ।

दुई टोली अन्तर्राष्ट्रिय क्रिकेटमा एकपटक आमनेसामने भएका थिए । यो एकदिवसीय विश्वकपको क्वालिफायर खेल थियो । यस खेलमा वेस्ट इन्डिजले अमेरिकालाई ३९ रनले पराजित गरेको थियो । खेलमा जेसन होल्डरले ५६ रन बनाएका थिए भने १ विकेट पनि लिएका थिए ।

प्लेयर्स टु वाचः
वेस्ट इन्डिज
निकोलस पूरनः टोली र प्रतियोगितार्कै शीर्ष स्कोरर । उनले ५ खेलमा १४१.८४ को स्ट्राइक रेटमा २०० रन बनाएका छन् ।

अकिल हुसेनः हुसेनले प्रतियोगिताको ५ खेलमा ९ विकेट लिएका छन् । उनी टोलीका सर्वाधिक विकेट लिने खेलाडी हुन् । यस अवधिमा उनको उत्कृष्ट ११ रनमा ५ विकेट हो ।

अमेरिका –
एन्ड्रियास गोउसः प्रतियोगिता दोस्रो तथा टोलीको शीर्ष स्कोरर । उनले ४ खेलमा १८२ रन बनाएका छन् ।

सौरभ नेत्रावलकरः अमेरिकाका बलर सौरभ नेत्रावलकरले ४ खेलमा ६ विकेट लिएका छन् । उनी अमेरिकाका लागि टी–२० अन्तर्राष्ट्रिय र प्रतियोगिताहरूमा सबैभन्दा बढी विकेट लिने खेलाडी हुन् ।