२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपको सुपर ८ मा दुई आयोजक भिड्दै, दुबैलाई जित्नैपर्ने दबाब



अ+ अ-

एजेन्सी । आईसीसी टी–२० विश्वकप २०२४ मा सुपर–८ को छैटौं खेल जुन २२ मा दुई आयोजक वेस्ट इन्डिज र अमेरिकाबीच हुँदैछ । खेल नेपाली समयानुसार शनिबार बिहान सवा ६ बजे केन्सिङ्टन ओभल बार्बाडोसमा सुरु हुनेछ ।

दुवै टोली पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय खेलमा आमनेसामने हुँदैछन् । वेस्ट इन्डिजले दुई पटक टी–२० विश्वकपको उपाधि जितेको छ ।

अमेरिकाले पहिलो पटक विश्वकप खेल्दैछ । तर, विन्डिजले अमेरिकालाई हल्का रूपमा लिने छैन, किनभने अमेरिकाले समूह चरणमा पाकिस्तानजस्तो ठूलो टोलीलाई हराएर निराश बनाएको थियो ।

समूह–२ मा वेस्ट इन्डिज र अमेरिकाले आफ्नो पहिलो खेलमा हार बेहोरेका थिए अर्थात सेमिफाइनलमा पुग्न दुवैलाई अन्तिम दुई खेल जित्नै पर्ने हुन्छ । शनिबारको खेलमा जित्ने टोलीको आशा कायमै रहने छ भने हार्ने टोली दौडबाट बाहिरिने छ ।

दुई टोली अन्तर्राष्ट्रिय क्रिकेटमा एकपटक आमनेसामने भएका थिए । यो एकदिवसीय विश्वकपको क्वालिफायर खेल थियो । यस खेलमा वेस्ट इन्डिजले अमेरिकालाई ३९ रनले पराजित गरेको थियो । खेलमा जेसन होल्डरले ५६ रन बनाएका थिए भने १ विकेट पनि लिएका थिए ।

प्लेयर्स टु वाचः
वेस्ट इन्डिज
निकोलस पूरनः टोली र प्रतियोगितार्कै शीर्ष स्कोरर । उनले ५ खेलमा १४१.८४ को स्ट्राइक रेटमा २०० रन बनाएका छन् ।

अकिल हुसेनः हुसेनले प्रतियोगिताको ५ खेलमा ९ विकेट लिएका छन् । उनी टोलीका सर्वाधिक विकेट लिने खेलाडी हुन् । यस अवधिमा उनको उत्कृष्ट ११ रनमा ५ विकेट हो ।

अमेरिका –
एन्ड्रियास गोउसः प्रतियोगिता दोस्रो तथा टोलीको शीर्ष स्कोरर । उनले ४ खेलमा १८२ रन बनाएका छन् ।

सौरभ नेत्रावलकरः अमेरिकाका बलर सौरभ नेत्रावलकरले ४ खेलमा ६ विकेट लिएका छन् । उनी अमेरिकाका लागि टी–२० अन्तर्राष्ट्रिय र प्रतियोगिताहरूमा सबैभन्दा बढी विकेट लिने खेलाडी हुन् ।

 

 




भर्खरै